back
NMB ad

माछापुच्छ्रे बैंक र प्याब्सन विच वित्तीय साक्षरता पहल सम्बन्धि सम्झौता

Kumari bank ad

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र निजी क्षेत्रका विद्यालयहरुको छाता संगठन निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) विच वित्तीय र डिजिटल साक्षरता पहल सम्बन्धि सम्झौता भएको छ । बैंकले आम जनमानसमा वित्तिय साक्षरता जगाउने उद्धेश्यले प्याब्सन संगको सहकार्यमा देशव्यापीरुपमा वित्तिय एंव डिजिटल साक्षरता कार्यक्रम संचालन गर्ने सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर गरेको हो ।

असार ४ गते सोमबार राजधानीको होटल याक एण्ड यतीमा आयोजित एक औपचारिक कार्यक्रमका बीच उक्त सम्झौतामा माछापुच्छ्रे बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला एंव निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का तर्फबाट अध्यक्ष डिके ढुङ्गानाले हस्ताक्षर गर्नुभएको थियो ।

उक्त कार्यक्रममा प्रमुख अतिथि तथा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्दैशक गुरु प्रसाद पौडेलले माछापुच्छ्रे बैंक तथा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)को सहकार्यमा सञ्चालन हुने उक्त वित्तिय एंव डिजिटल साक्षरता कार्यक्रममा आवश्यक परेको खण्डमा नेपाल राष्ट्र बैंकको तर्फबाट सहयोग प्रदान गर्ने बताउदै पछिल्लो समयमा ग्राहकवर्गमा चेतनाको कमि र सामान्य त्रुटिका कारण पनि ठुला ठुला वित्तिय अपराधहरु भइरहेकोले विद्यालय स्तरमा आयोजना हुने यस्ता कार्यक्रमहरुले विद्यार्थी मात्र नभएर उनिहरुका अभिभावकसम्म जनचेतना फैलाउन महत्वपूर्ण भूमिका निवार्ह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

त्यसैगरि उक्त कार्यक्रममा बोल्दै माछापुच्छ्रे बैंकका अध्यक्ष एंव गैरआवासिय संघका संस्थापक अध्यक्ष डा.उपेन्द्र महतोले विभिन्न तहका विद्यार्थीहरुको पाठ्यपुस्तकमा बैंकिङ्ग शिक्षासंग सम्बन्धित विभिन्न जानकारीहरु समावेश गर्नसकेको खण्डमा अझ उपर्युक्त हुने भन्दै यसका लागि पहल थालिनुपर्नेमा जोड दिनुभयो । उहाँले सैद्धान्तिक भन्दा पनि व्यवहारिक शिक्षामा जोड दिनुपर्ने आजको आवश्यकता रहेको बताउनुभयो ।

सोही कार्यक्रममा बोल्दै निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का अध्यक्ष डि.के ढुङ्गानाले प्यावसनले आफ्नो शैक्षिक क्यालेण्डरमा समेत बैंकिङ्ग शिक्षा लगायतका विषयहरुलाई समावेश गरेको जानकारी गराउदै माछापुच्छ्रे बैंक र प्याबसनबीचको सम्झौताले बैंकिङ्ग शिक्षालाई गाउँगाउसम्म पुर्याउन र पछिल्लो समय डिजिटल कारोबार बढेसँगै बढ्दै गईरहेका डिजिटल अपराधहरुलाई न्यूनीकरण गर्न निकै ठूलो भुमिका खेल्ने बताउनुभयो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले अहिले बैंकिङ्ग उद्योगको मुख्य चुनौतीको रुपमा रहेको डिजिटल अपराधलाई कम गर्नका लागि बैंकले प्यावसनसंग सहकार्य गरेको जानकारी गराउदै उक्त सम्झौताको माध्यमबाट बैंक अझ बृहतरुपमा आम जनमानसमा सचेतना जगाउन सफल हुने र यस्ता सचेतनामुलक कार्यक्रमहरुलाई आगामी दिनमा पनि अझ प्रभावकारी रुपमा अगाडी बढाउदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) संग सम्बद्ध व्यक्तिहरु तथा बैंकका उच्चपदस्थ कर्मचारीहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा माछापुच्छ्रे बैंकका नायव प्रमुख कार्यकारी अधिकृत  सर्जुकुमार थापाले स्वागत मन्तव्य राख्नुभएको थियो ।

उक्त सम्झौता पश्चात प्याब्सनसँगको सहकार्यमा अब बैंकले वित्तीय साक्षरता, डिजिटल अपराधबारे सचेतनामुलुक कार्यक्रमहरु देशव्यापीरुपमा सञ्चालन गर्नेछ भने प्याब्सनले आफुसग आवद्ध शैक्षिक संस्थाहरूलाई समन्वय र सहजीकरण गर्नेछ ।

वि.सं.२०८० असार ४ सोमवार १७:०१ मा प्रकाशित

You can share this post!

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१९

काठमाडौं । कुमारी बैंक लिमिटेड र होटल भिन्टेज होम, भक्तपुर...

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१३

काठमाडौँ, ६ जेठः उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आरोप–प्रत्यारोपको शृङ्खला...

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

वि.सं.२०८१ जेठ ६ आइतवार २०:०१

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले इटहरी स्थित होटल सोल्टी...

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

वि.सं.२०८१ जेठ ६ आइतवार १९:५१

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कंपनी लिमिटेडले पर्सा जिल्ला, पर्सागढि-१, विरूवागुठी...

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:४१

वीरगञ्ज (पर्सा), ६ जेठ : आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु...

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:३८

काठमाडौँ, ६ जेठ : राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरवारभित्रका विभिन्न चारवटा...