back
NMB ad

रोकिएको कृषि बीमालेख जारी गर्ने कार्य पुनः सुचारु

Kumari bank ad

काठमाडौं । नेपाल बीमक संघले कृषिसम्बन्धी बीमालेख जारी गर्ने कार्य पुनः सुचारु गरेको छ। नेपाल सरकारले २०६९ सालदेखि कृषक र कृषिलाई प्राथमिकता दिई कृषि बीमाशूल्कमा क्रमशः अनुदान दिँदै आएकोमा २०७७ सालदेखि कृषि बीमाको अनुदान करिब रु ३ अर्ब बाँकी रहेको थियो । बीमकहरुले अनुदान रकम पाउन बारम्बार पहल गर्दा समेत विभिन्न बहानामा अनुदान रोकिएको हुँदा बीमक संघको निर्णयमा जेठ ७ गतेदेखि कृषि सम्बन्धी बीमालेख जारी गर्न बन्द गरिएको थियो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बीमकहरुलाई केही आंंशिक रकम उपलब्ध गराई गत जेठ ३० गते कृषि तथा पशुपन्छी विकासमन्त्री डा। वेदुराम भुसालको अध्यक्षतामा मन्त्रालयका दुवै सचिवहरुको संयुक्त सहभागितामा बसेको बैठकले अनुदान रकम तत्काल उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो। मन्त्रीको प्रतिबद्धतासँगै कृषिसम्बन्धी जारी गर्ने कार्य पुनः सुचारु गरिएको संघले जनाएको छ।

यही असार मसान्तसम्मका लागि बीमालेख जारी गर्ने कार्य सुचारु गरिएको संघले जनाएको छ। उक्त समय भित्र अनुदान रकम प्राप्त नभएमा पुनःबीमालेख बन्द गरिने समेत जानकारी दिएको छ । सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतका विभाग तथा नेपाल बीमा प्राधिकरणलाई कृषि बीमाबापतको अनुदान तत्काल उपलब्ध गराउन सहजता अपनाई पहल गरिदिनसमेत संघले अनुरोध गरेको छ।

वि.सं.२०८० असार ५ मंगलवार १५:५६ मा प्रकाशित

You can share this post!

सुनचाँदीको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार १०:५२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनचाँदीको भाउमा गिरावट आएको...

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:५६

काठमाडौँ, ३ जेठ: हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव...

नेपाल लाइफ क्यापिटलको सिईओमा मनिष घिमिरे नियुक्त

नेपाल लाइफ क्यापिटलको सिईओमा मनिष घिमिरे नियुक्त

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:३३

काठमाडौं । नेपाल लाइफ क्यापिटल लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा मनिष...

आज ४ जेठ २०८१ शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज ४ जेठ २०८१ शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:१७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह   

आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह   

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:१२

काठमाडौँ :  विगत केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा...

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...