back
NMB ad

सरकारले घोषणा गरेको उपचार खर्च नपाउँदा बिरामी समस्यामा   

Kumari bank ad

झापा, ६ असार।  मेचीनगर नगरपालिकामा बसोबास रहेका मिर्गौला, क्यान्सर र मेरुदण्ड पक्षघातका बिरामीहरु सङ्घीय सरकारले घोषणा गरेको मासिक उपचार खर्च नपाउँदा निराश बनेका छन् ।

सङ्घीय सरकारले २०७८ साल चैत १६ गते मिर्गौला डायलासिस गराइरहेका तथा प्रत्यारोपण गराएका, क्यान्सर र मेरुदण्ड पक्षघातका बिरामीलाई उपचार खर्चबापत मासिक रु पाँच हजार दिने निर्णय गरेको थियो ।

यो रकम चालु आव २०७९/८० मै बिरामीहरुले पाउनुपर्ने हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कुनै बजेट नपठाएका कारण मेचीनगरले सम्बन्धित बिरामीहरुलाई उपचार खर्च दिन नसकेको नगरप्रमुख गोपाल बुढाथोकीले बताउनुभयो । उहाँले नगरपालिकाको आन्तरिक स्रोतबाट सो रकम उपलब्ध गराउन नसकिएको स्वीकार गर्दै स्वास्थ्य मन्त्रालयलाई पटकपटक बजेटका लागि ताकेता गर्दासमेत सकारात्मक जवाफ नआएको गुनासो गर्नुभयो ।

“गत मङ्सिर, वैशाख र असारमा गरी तीनपटक स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरी उपचार खर्चको बजेट विनियोजन गरिदिन पत्र लेखेका छौँ”, नगरप्रमुख बुढाथोकीले भन्नुभयो, “न बजेट आउँछ, न कुनै प्रतिक्रिया ।”

सङ्घीय सरकारले सामाजिक सुरक्षा भत्ता दिने घोषणा गरेर स्थानीय तहसम्म वितरणका लागि बजेट पठाए झैँ उपचार खर्चको बजेट पनि केन्द्रबाटै आउनुपर्ने उहाँको माग छ ।

मेचीनगर नगरपालिकामा दुई सय एकजना मिर्गौला, क्यान्सर र मेरुदण्ड पक्षघातका बिरामीहरुले नेपाल सरकारले घोषणा गरेबमोजिम मासिक उपचार खर्च माग गर्दै नगरपालिकामा निवेदन दिइसकेका छन् । उनीहरुको मागबमोजिम उपचार खर्च उपलब्ध गराउन रु ८७ लाख २० हजार बजेट आवश्यक हुने नगरप्रमुख बुढाथोकीले बताउनुभयो ।

सङ्घीय सरकारले घोषणाबमोजिम बजेट नपठाएको जनाउँदै स्थानीय तहको सरकारले रकम नदिने कार्यबाट सरोकावाला बिरामीहरु चिन्तित भएका छन् । उनीहरुले नगरपालिकालाई जसरी भए तापनि उपचार खर्चको व्यवस्था मिलाउन दबाब दिइरहेका छन् । मिर्गौला प्रत्यारोपण समाजका केन्द्रीय सदस्यसमेत रहनुभएको मेचीनगर–१४ धाइजनका राजन मैनाली जीवन र मरणको दोसाँधबाट गुज्रिरहेका आफ्ना नागरिकको उपचारको दायित्वबाट स्थानीय सरकार पन्छिन नमिल्ने बताउनुहुन्छ । उहाँ मिर्गौला प्रत्यारोपण गरेर स्वास्थ्यलाभ गरिरहनुभएको सामान्य आर्थिक अवस्थाको नागरिक हुनुहुन्छ । प्रत्यारोपणपछि नियमित रुपमा महँगो औषधि सेवन गर्नुपर्ने बाध्यता रहेको हुँदा मासिक रु पाँच हजार सरकारले दिए आफूजस्ता धेरैलाई ठूलो राहत मिल्ने उहाँले बताउनुभयो ।

वि.सं.२०८० असार ६ बुधवार १२:०४ मा प्रकाशित

You can share this post!

जलवायु परिवर्तनबाट प्रभावित देशलाई आर्थिक र प्राविधिक सहयोग आवश्यक: प्रधानमन्त्री   

जलवायु परिवर्तनबाट प्रभावित देशलाई आर्थिक र प्राविधिक सहयोग आवश्यक: प्रधानमन्त्री   

वि.सं.२०८१ जेठ ९ बुधवार ११:३५

काठमाडौँ, ९ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनबाट...

क्षेत्रीय सहयोगका अवसर र चुनौतीबारे छलफल   

क्षेत्रीय सहयोगका अवसर र चुनौतीबारे छलफल   

वि.सं.२०८१ जेठ ९ बुधवार ११:२४

काठमाडौँ, ९ जेठः इस्लामावादस्थित रणनीतिक अध्ययन प्रतिष्ठानको भारत अध्ययन केन्द्रले...

‘लू’बाट नागरिकलाई जोगाउने प्रयासमा लाग्न गृहको परिपत्र   

‘लू’बाट नागरिकलाई जोगाउने प्रयासमा लाग्न गृहको परिपत्र   

वि.सं.२०८१ जेठ ९ बुधवार ११:१३

काठमाडौँ, ९ जेठः गृह मन्त्रालयले तातो हावाको लहर (लू)बाट नागरिकलाई...

सुनको भाउमा सामान्य गिरावट, आज कति घट्यो ?

सुनको भाउमा सामान्य गिरावट, आज कति घट्यो ?

वि.सं.२०८१ जेठ ९ बुधवार १०:४६

काठमाडौं । साताको चौथो कारोबार दिन सुनको भाउ घटेको छ...

प्रधानमन्त्रीद्वारा ‘अन्तर्राष्ट्रिय संवाद’ उद्घाटन   

प्रधानमन्त्रीद्वारा ‘अन्तर्राष्ट्रिय संवाद’ उद्घाटन   

वि.सं.२०८१ जेठ ९ बुधवार १०:३३

काठमाडौँ, ९ जेठः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनका कारण...

लैङ्गिक हिंसाविरुद्धको प्रतिकार्यका लागि ४६ लाख अमेरिकी डलरको आयोजना शुभारम्भ   

लैङ्गिक हिंसाविरुद्धको प्रतिकार्यका लागि ४६ लाख अमेरिकी डलरको आयोजना शुभारम्भ   

वि.सं.२०८१ जेठ ९ बुधवार १०:२०

काठमाडौँ, ९ जेठः महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी...