back
NMB ad

मिटरव्याजलाई नियमन गर्न बनेको अध्यादेश खारेज हुनुपर्ने साहु महाजनहरुको माग

Kumari bank ad

काठमाडौं, ६ असार । पीडित लेनदेन संघर्ष समितिले सरकारले मिटर व्याजलाई नियमण गर्न ल्याएको अध्यादेशप्रति आपत्ति जनाएको छ । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै साहु महाजनहरुले सरकारले ल्याएको अध्यादेशले प्रत्येक गाउँ–गाउँमा सद्भाव विगारेको दाबी गरे । सरकारले गत वैशाख २० गते ल्याएको ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेश’ खारेज भागी रहेको उनीहरुको दाबी छ ।

उनीहरुले आफूहरु मिटरव्याजी नभएको दाबी गरेका छन् । मिटरब्याजी भनेको बैंक तथा वित्तीय संस्था, सहकारी, लघुवित्त, विद्युत कार्यालय, खानेपानी अफिस लगायतको निकायहरु मिटरब्याजी भएको उनीहरुको दाबी छ । अहिलेको सरकारले मिटरब्याजीको संज्ञा दिएर साहु महाजनलाई दुःख दिएको उनीहरुले गुनासो पोखे ।

‘यो अध्यायदेशले प्रत्येक गाउँ–गाउँमा टोल–टोलमा र पालिका–पालिकामा सद्भाव बिगारेको छ । यो अध्यादेशले कुनै काम गरेको छैन । समाजमा खैलाबैला पारेको छ । यसलाई खारेज गर्नुपर्छ,’– कार्यक्रममा सहभागी रहेका साहु महाजन धनेश्वर यादवले भने ।

कपाली तमासुकका बारेमा अध्यादेशमा गरिएको व्यवस्था गलत रहेको र कपाली तमासुकको १० वर्ष म्याद हुनेमा वडा कार्यालयमा गएर प्रमाणित गराउनुको औचित्य नरहेको उनीहरुको भनाई छ ।
कानुनी राज्यमा पनि सिडिओ र प्रहरीले अदालतले फैसलाको अवज्ञा गर्दै आफ्नो मन अनुकूल फैसला गरेर आफूलाई दुःख दिएको अर्का साहु महाजन विजयकुमार यादवले दुखेसो पोखे ।
अर्का साहु महाजन रामकिसुन यादवले आफूहरुले कसैसँग पनि अनुचित लेनदेन नगरेको दाबी गरे । मिटरब्याजी स्वयं नेपाल सरकार नै भएको उनको आरोप छ ।

यस्तै, अर्का साहु महाजन जयप्रकाश साहले आफू मिटरब्याजी र सुदखोर नभएको दाबी गरे । लघुवित्त र सहकारीहरुले १८÷२० प्रतिशत व्याज लिँदा पनि चुप लागेर बस्ने सरकार आफूहरुले सर्वसाधरणलाई सहयोग गर्दापनि दुःख पाएको उनले बताए ।

कार्यक्रममा साहु महानजहरु कपिलदेव साह, कारिचरन मण्डल, शेखर कुमार मिश्रा र सुजाता साहले आफूहरु सरकारले ल्याएको अध्यादेशको कारण मारमा परेको र प्रहरी प्रशासनले दुःख दिन थालेको गुनासो पोखे । उनीहरु सबैले उक्त अध्यादेश खारेजीको माग गरे । र, सामाजिक सद्भाव कायम राख्न सरकारसमक्ष उनीहरुको माग छ ।

वि.सं.२०८० असार ६ बुधवार १७:४८ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:५६

काठमाडौँ, ३ जेठ: हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव...

नेपाल लाइफ क्यापिटलको सिईओमा मनिष घिमिरे नियुक्त

नेपाल लाइफ क्यापिटलको सिईओमा मनिष घिमिरे नियुक्त

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:३३

काठमाडौं । नेपाल लाइफ क्यापिटल लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा मनिष...

आज ४ जेठ २०८१ शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज ४ जेठ २०८१ शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:१७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह   

आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह   

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:१२

काठमाडौँ :  विगत केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा...

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३६

काठमाडौँ, ३ जेठः बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ रु दुई...