काठमाडौं । हिमालयन बैंकका संस्थापक सेयरधनीहरु धमाधम बाहिरीन थालेका छन् । संस्थापक सेयरधनीहरु आफ्नो नाममा रहेको सेयर बेचेर बैंकबाट बाहिरीन लागेका हुन् ।
बैकको संस्थापक ६ जना सेयरधनीहरुले २१ लाख ८६ हजार ५७५ कित्ता सेयर बेच्न लागेका हुन् ।बैंकले संस्थापक गिरेन्द्रमान सिंह श्रेठको नाममा रहेको ९९ हजार ५९९ कित्ता, धर्म भक्त बल्लको १ लाख ४१ हजार ११६ कित्ता, यस्वस्विका इन्टरनेशनल प्रालिको १५ लाख ९० हजार कित्ता सेयर बिक्री गर्न लागेको हो ।
त्यसैगरी, राम प्रकाश श्रेष्ठको १३ हजार १५३ कित्ता, निता गुरुङको ९ हजार ३५९ कित्ता र प्रकाश तयालको ३ लाख ३३ हजार ३४८ कित्ता सेयर बिक्री गर्न लागेको हो ।
बैंकको उक्त सेयर संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । बैंकको सेयरमा ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । तोकिएको समयमा संस्थापकले आवेदन नदिएमा सर्वसाधारण लगानीकर्तालाई बिक्री गरिने बैंकले जनाएको छ ।
संस्थापक सेयरहरुको बिक्री मूल्य बिक्रेता अनुसार फरक फरक रहेकाले मूल्य सम्बन्धी जानकारीका लागि बैंकको केन्द्रिय कार्यालयमा सम्पर्क गर्नु पर्नेछ । दोस्रो बजारमा संस्थापक सेयरको मूल्य प्रतिकित्ता ३ सय रुपैयाँ रहेको छ ।
वि.सं.२०८० असार ७ बिहीवार १०:१४ मा प्रकाशित