काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य सुधार आएको छ । उक्त दिन बजार ४.७५ अंकले बढेर २०५५ को विन्दुमा कायम हुन पुगेको हो ।
आज सेयर बजारमा सुधार आउँदा तारागाउँ रिजेनसी होटल, ओरेन्टियल होटल्स, कालिञ्चोक दर्शन लिमिटेड, बिपीडब्लु लघुवित्तको सेयर मूल्य १०/१० प्रतिशतले बढेको छ । त्यसैगरी, सिटी होटल लिमिटेड र हिमालयन लाइफ इन्स्योरेन्सको सेयरमूल्य ९.९८ प्रतिशतले बढेको छ ।
वि.सं.२०८० असार ७ बिहीवार १५:३९ मा प्रकाशित