back
NMB ad

ड्रागन बोट रेस : चीनको सिचुवान च्याम्पियन, नेपाली टोली उपविजेता   

Kumari bank ad

कास्की, ९ असार। पोखरामा आयोजना गरिएको नेपाल–चीन मैत्रीपूर्ण ‘ड्रागन बोट रेस’ प्रतियोगितामा नेपाली टोली उपविजेतामा सीमित भएको छ । फेवातालमा यही जेठ ८ देखि सुरु बोट रेसको आज सम्पन्न फाइनलमा चीनको सिचुवान ड्रागन बोर्ट टिमले दुई सय र पाँच सय मिटरको दुवै विधामा च्याम्पियन बन्न सफल भयो ।

नेपाली टिम ‘नारा ड्रागन बोट टिम’ले दुवै विधामा उपविजेता हुन सफल भएको छ । च्याम्पियन बनेको सिचुवान ड्रागन बोट टिमले दुवै इभेन्टमा गरी रु पाँच लाख ५० हजारका दरले रु ११ लाख नगद पुरस्कारसहित उपाधि हात पार्न सफल भयो ।

यसैगरी उपविजेता नेपाली टोली नारा ड्रागन बोट टिमले दुवै इभेन्टमा गरी रु सात लाख नगद पुरस्कार पायो । सिचुवानले पाँच सय मिटरको दूरी दुई मिनेट २० सेकेन्डमा पूरा गर्न सफल भयो । यसैगरी दुई सय मिटरको दौड ५३ सेकेन्डमा पार गर्दै दोहोरो उपाधि जित्न सफल भयो ।

नेपाली टिम नाराले भने पाँच सय मिटरको दूरी दुई मिनेट २३ सेकेन्डमा पूरा गर्न सफल भयो । यसैगरी दुई सय मिटरको दूरी भने ५६ सेकेन्डमा पार गर्दै उपविजेता भएको हो । ड्रागन बोट रेसमा चीनको तीन, नेपालको चार र सिङ्गापुरको एक टोलीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए । चीनको युनान प्रान्तको युनान ड्रागन बोट टोली दुवै विधामा तृतीय हुन सफल भयो ।

नेपालको नेपाल र्याफ्टिङ एन्ड क्यानोइङ एशोसिइएसन (एनआरसीए) चौथो भएको छ । प्रतियोगितामा सहभागी सबै टिमलाई जनही रु एक–एक लाख प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो ।

प्रतियोगिताका विजेता खेलाडीलाई राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली, नेपालस्थित चिनियाँ राजदूत छन् सोङ, पोखरा महानगर प्रमुख धनराज आचार्यलगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको आयोजनामा बोट रेस तथा महोत्सव आयोजना गरिएको हो । पोखरा पर्यटन परिषद् र चाइनिज ओभरसिज एशोसिएसन पोखरा फेस्टिभलको सहयोगी संस्थाका रूपमा थिए ।

नेपाल र छिमेकी मित्रराष्ट्र चीनबीचको सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउने र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले बोट रेस तथा फेस्टिभलको आयोजना गरिएको हो । कार्यक्रमलाई आगामी वर्षमा समेत निरन्तरता दिइने पोखरा महानगरले जनाएको छ ।

वि.सं.२०८० असार ९ शनिवार १८:३१ मा प्रकाशित

You can share this post!

ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट

ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट

वि.सं.२०८१ जेठ १३ आइतवार १७:१५

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना कार्ड बाहक ग्राहकहरुलाई...

जलवायुको उच्च जोखिम भएका मुलुकमध्ये नेपाल १०औंँ स्थानमा   

जलवायुको उच्च जोखिम भएका मुलुकमध्ये नेपाल १०औंँ स्थानमा   

वि.सं.२०८१ जेठ १३ आइतवार १७:०४

काठमाडौँ, १३ जेठ : नेपाल भू–बनोट र भौगर्भिक विशिष्टताका कारण...

सार्वजनिक संस्थानको अवस्था : २६ नाफामा, १५ घाटामा, तीनवटाको कारोबार शून्य   

सार्वजनिक संस्थानको अवस्था : २६ नाफामा, १५ घाटामा, तीनवटाको कारोबार शून्य   

वि.सं.२०८१ जेठ १३ आइतवार १६:३०

काठमाडौँ, १३ जेठ : हाल सञ्चालनमा रहेका ४४ वटा सार्वजनिक...

तराईमा केहीदिन अत्यधिक गर्मीको सम्भावना   

तराईमा केहीदिन अत्यधिक गर्मीको सम्भावना   

वि.सं.२०८१ जेठ १३ आइतवार १६:२३

काठमाडौँ, १३ जेठ : मौसम पूर्वानुमान महाशाखाले आगामी केहीदिनसम्म तराईका...

प्रस्तुत नीति तथा कार्यक्रमले सुशासन, सामाजिक न्यायसहितको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने लक्ष्य लिएको छः प्रधानमन्त्री   

प्रस्तुत नीति तथा कार्यक्रमले सुशासन, सामाजिक न्यायसहितको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने लक्ष्य लिएको छः प्रधानमन्त्री   

वि.सं.२०८१ जेठ १३ आइतवार १६:१८

काठमाडौँ, १३ जेठ : प्रधानमन्त्री पुष्मकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले...

नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ जेठ १३ आइतवार १६:१२

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आइतबार एक कम्पनीको मूल्य...