back
NMB ad

मेलम्चीको खानेपानी वर्षाभर सञ्चालनको योजना   

Kumari bank ad

काठमाडौँ, १२ असार ।  विगत दुई वर्ष वर्षाको समयमा मेलम्चीको पानी काठमाडौँ ल्याउन नसकिएकामा यो वर्षदेखि वर्षाभर पनि ल्याउने योजना बनाइएको छ । ठूलो वर्षा भएर आयोजनाको माथिल्लो भागमा क्षति हुने अवस्था भएमा बाहेक सामान्य वर्षा भइरहे पनि पानी नियमित सञ्चालन गर्न लागिएको हो ।

ढोकाहरू प्रविधिमार्फत खोल्न र बन्द गर्न सकिने तथा बाढीको पूर्वसूचना थाहा हुने प्रविधिका कारण वर्षामा समेत नियमित सञ्चालनको योजना बनाइएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । अहिले सबै ढोकाहरु उपकरणमार्फत (हाइडो मेकानिकल्ली) बन्द गर्ने र खोल्ने व्यवस्था मिलाइसकिएको समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताउनुभयो । ढोकाहरू मानिस नगएरै सञ्चालन गर्न सकिने भएकाले पानी सफा हुँदासम्म चलाइराख्न सकिने उहाँको भनाइ थियो । सूचना अधिकारी पन्तले भन्नुभयो, “पानी धमिलो आएको बेला बन्द गर्ने गरी उपाय अपनाइएको छ ।”

सामान्य वर्षामात्र हुँदा पानी नियमित पथान्तरण गर्न सकिने भए पनि ठूलो किसिमको बाढी आयो र ढुङ्गाहरु नै बगाउने भएमा त्यस्तो अवस्थामा पूरै बन्द गर्नुपर्ने उहाँले बताउनुभयो । पानी धमिलो भएमा थोरै पानी पठाएर त्यसलाई धुने योजना समितिको छ ।

“कहिलेदेखि पानी नियमित सञ्चालन गर्ने भन्ने विषयमा अहिले समिति पर्ख र हेरको अवस्थामा रहेको छ । ठूलो क्षति हुने अवस्थामा बाहेक पानी ल्याउन रोकिँदैन । माथितिर ठूलो वर्षा भएको र बाढी आउने सम्भावना छ भन्ने पूर्वसूचना आउँदा ढोका बन्द गरिने छ”, सूचना अधिकारी पन्तले भन्नुभयो, “सुरुङभित्र पानी रहिरन्छ र बीचमा केही समयका लागि बन्द भए पनि पानी सङ्लो हुँदा पुनः चलाउने गरी तयारी गरिएको छ ।”

गत वर्ष जसरी यो महिनादेखि त्यो महिनासम्म बन्द गर्ने भनी अहिले नै तालिका बनाएर नगरिने भए पनि बाढीका कारण बन्द गर्नुपर्दा छोटो समयका लागिमात्र बन्द हुनसक्ने उहाँको भनाइ थियो । धमिलो पानी आएको समयमा बन्द गर्दै खोल्दै गरेर चलाउन सकिने भए पनि त्यसो गर्दा सुरुङमा बालुवा जाने सम्भावना बढी हुन्छ । पछि केही समय सुरुङ सफा गर्न पनि पानी वितरण बन्द गर्नुपर्ने हुँदा पहिले नै सावधानीपूर्वक चलाउन लागिएको हो ।

सुरुङको नियमित मर्मतसम्भार र निरीक्षण योजना बनाएर गरिँदै आपइएको छ । वर्षामा पनि धमिलो पानी आउँदा केही समयका लागि बन्द गरे पनि पुनः सञ्चालन गर्न समस्या नहुने सूचना अधिकारी पन्तले बताउनुभयो । सुरुङमा रहेको १ नं ढोकाबाट पानी गएपछि नौ नं ढोकाले पखाल्ने काम गर्छ । पखालेपछि केही समय सुरुङमा पानी नराखिने र त्यो त्यो ढोका सफा भएपछि पुनः सुरुङतर्फ पानी पठाइने योजना रहेको छ ।

सामान्य वर्षाले मेलम्ची नदीको सतहमात्र बढेको छ भने पानी सुरुङमा नियमित पठाउन समस्या नहुने समितिले जनाएको छ । विसं २०७८ असार १ मा आएको जसरी एकै पटक ठूलो बाढी आएमा भने बन्द गर्नुपर्ने हुनसक्ने उहाँले बताउनुभयो । संरचना नै क्षति हुने गरी बाढी आएमा मात्रै लामो समय सुरुङ बन्द हुनसक्छ ।

वि.सं.२०८० असार १२ मंगलवार १३:०९ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...