back
NMB ad

नेपालले मलेसियालाई लियो २५३ रनको विशाल लक्ष्य   

Kumari bank ad

काठमाडौँ, १९ असार।  एसिसी यू-१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा नेपालले घरेलु टोली मलेसियालाई उपाधि जित्नका लागि २५३ रनको विशाल लक्ष्य दिएको छ ।

मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा आठ विकेट गुमाएर २५२ रनको योगफल बनायोे । नेपालका लागि नरेन भट्टले ८९ बलमा १० चौका र २ छक्काको सहयोगमा अविजित १ सय १२ रनको शतकीय पारी खेले ।

त्यस्तै नीरज यादवले ४७ रनको योगदान दिए भने सुर्यांशु कोइरालाले १८ रन बनाए । सन्तोष यादवले २६ रन बनाउँदा अशोक धामीले ११ रन जोडे । मलेसियाका लागि मुहम्मद अक्रमले ३ विकेट लिए भने अरेन अकिल र मुहम्मद फदुलले समान १/१ विकेट लिए ।

यसअघि हिजो भएको सेमिफाइनलमा नेपालले सिङ्गापुरलाई पराजित गर्दै फाइनल पुगेको थियो । मलेसियाले भने हङकङलाई हराउँदै फाइनलमा स्थान बनाएको हो । समूह चरणको खेलमा नेपालले मलेसियालाई पराजित गरेको थियो ।

वि.सं.२०८० असार १९ मंगलवार ११:२१ मा प्रकाशित

You can share this post!

भारतले माल्दिभ्सलाई अतिरिक्त वर्षका लागि पाँच करोड डलर ऋण प्रदान गर्ने   

भारतले माल्दिभ्सलाई अतिरिक्त वर्षका लागि पाँच करोड डलर ऋण प्रदान गर्ने   

वि.सं.२०८१ वैशाख ३१ सोमवार २१:१०

माले, ३१ वैशाख : माल्दिभ्सका विदेशमन्त्री मुसा जमीरको अनुरोधमा भारत...

प्रयोगमा नआई थन्कियो रक्तसञ्चार केन्द्रको स्वास्थ्य उपकरण   

प्रयोगमा नआई थन्कियो रक्तसञ्चार केन्द्रको स्वास्थ्य उपकरण   

वि.सं.२०८१ वैशाख ३१ सोमवार २१:०७

गण्डकी, ३१ वैशाख : गण्डकी प्रदेश सरकारको सामाजिक विकास तथा...

महत्वाकांक्षी लक्ष्यसहित तयार भयो सोह्रौँ पञ्चवर्षीय आवधिक योजना   

महत्वाकांक्षी लक्ष्यसहित तयार भयो सोह्रौँ पञ्चवर्षीय आवधिक योजना   

वि.सं.२०८१ वैशाख ३१ सोमवार २१:०१

हेमन्त जोशी काठमाडौँ, ३१ वैशाख : ‘सुशासन, सामाजिक न्याय र...

केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक कार्की   

केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक कार्की   

वि.सं.२०८१ वैशाख ३१ सोमवार १८:१२

काठमाडौँ, ३१ वैशाख : नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी...

सरकारको नीति तथा कार्यक्रम मङ्गलबार प्रस्तुत हुने   

सरकारको नीति तथा कार्यक्रम मङ्गलबार प्रस्तुत हुने   

वि.सं.२०८१ वैशाख ३१ सोमवार १७:५३

काठमाडौँ, ३१ वैशाख : सरकारको नीति तथा कार्यक्रम मङ्गलबार पेश...

एशियन लाईफ इन्स्योरेन्सले हकप्रद शेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

एशियन लाईफ इन्स्योरेन्सले हकप्रद शेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

वि.सं.२०८१ वैशाख ३१ सोमवार १७:४९

कठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन...