काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा स्टान्डर्ड चार्टड बैंकको ऋणपत्र सूचिकृत भएको छ ।
बैंकको २४ कित्ता ऋणपत्र नेप्सेमा सूचिकृत भएको हो । ऋणपत्र स्टक सिम्बोल ‘एससिबिडी’ रहेको छ ।
बैंकले ५ वर्ष अवधिको १०.३० प्रतिशत व्याजदर भएको ‘ १०.३० प्रतिशत स्टान्डर्ड चार्टड बैंक नेपाल लिमिटेड ऋणपत्र’ नाममा प्रतिकित्ता चुक्ता मूल्य १००० रूपैयाँ अंकित ऋणपत्र निष्काशन गरेको थियो ।
असार २० गते (आज) बैंक र नेप्सेबीच ऋणपत्र सूचीकरण सम्झौता भएको छ । कम्पनीको सेयर सम्झौता भएको दोस्रो दिन अर्थात भोलीबाट ऋणपत्र दोस्रो बजारमा कारोबार हुनेछ ।
वि.सं.२०८० असार २० बुधवार १२:२३ मा प्रकाशित