back
NMB ad

ब्याजदर निर्धारणमा भद्र सहमति हट्यो, बैंक आफैंले निक्षेपको ब्याजदर तोक्न पाउने

Kumari bank ad

काठमाडौं । अब बैंकहरुले आ–आफ्नो हिसाबले ब्याजदर तोक्ने बाटो खुलेको छ।

नेपाल बैंकर्स एसोसिएसन (एनबीए)को आज बिहान बसेको बैठकले बैंकहरुलाई आआफ्नो हिसाबले ब्याजदर निर्धारण गर्ने बाटो खोलिदिएको हो। यसअघि ब्याजदर भद्र सहमतिका आधारमा निर्धारण गरिँदै आएको छ। जुन अब हटेको छ।

साउनबाट ब्याजदर खुला छोडिदिने निर्णय भएको बैठकमा सहभागी एक बैंकका सिईओले बताए । यससँगै अब, साउन १ गतेदेखि लागू हुने ब्याजदर घटाउने, बढाउने वा स्थिर राख्ने विषयको निर्णय सम्बन्धित बैंक आफैंले गर्न सक्नेछन् ।

पछिल्लोपटक बैंकहरुले वैशाख महिनामा निक्षेपको ब्याजदर घटाएर एकल अंकमा झारेका थिए। बैंकहरुले वैशाख महिनामा संस्थागत मुद्दति निक्षेपको ब्याजदर ७.९९ प्रतिशत, व्यक्तिगत मुद्दति निक्षेपको ९.९९ प्रतिशत र बचतको ब्याजदर ५.४ प्रतिशतदेखि ७.४ प्रतिशत कायम गरेका थिए।

सोही ब्याजददरलाई वाणिज्य बैंकहरुले जेठमा पनि कायमै राखेका थिए भने असारमा पनि त्यसैलाई निरन्तरता दिएका छन्।

कर्जाको ब्याजदर पनि घट्ने भएको छ। राष्ट्र बैंक चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षामार्फत असार मसान्तसम्म १ प्रतिशतले बैंकदर घटाउँदै स्प्रेडदरलाई समेत ४.०२ प्रतिशतमा झार्नुपर्ने हुँदा कर्जाको ब्याजदर घट्नेछ। असारमा पनि कर्जाको ब्याजदर केही घटेको थियो।

वि.सं.२०८० असार २८ बिहीवार ११:४१ मा प्रकाशित

You can share this post!

आज १ जेठ २०८१ मंगलवार, हेर्नुहोस्  आजको राशिफल

आज १ जेठ २०८१ मंगलवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:१३

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

भारतले माल्दिभ्सलाई अतिरिक्त वर्षका लागि पाँच करोड डलर ऋण प्रदान गर्ने   

भारतले माल्दिभ्सलाई अतिरिक्त वर्षका लागि पाँच करोड डलर ऋण प्रदान गर्ने   

वि.सं.२०८१ वैशाख ३१ सोमवार २१:१०

माले, ३१ वैशाख : माल्दिभ्सका विदेशमन्त्री मुसा जमीरको अनुरोधमा भारत...

प्रयोगमा नआई थन्कियो रक्तसञ्चार केन्द्रको स्वास्थ्य उपकरण   

प्रयोगमा नआई थन्कियो रक्तसञ्चार केन्द्रको स्वास्थ्य उपकरण   

वि.सं.२०८१ वैशाख ३१ सोमवार २१:०७

गण्डकी, ३१ वैशाख : गण्डकी प्रदेश सरकारको सामाजिक विकास तथा...

महत्वाकांक्षी लक्ष्यसहित तयार भयो सोह्रौँ पञ्चवर्षीय आवधिक योजना   

महत्वाकांक्षी लक्ष्यसहित तयार भयो सोह्रौँ पञ्चवर्षीय आवधिक योजना   

वि.सं.२०८१ वैशाख ३१ सोमवार २१:०१

हेमन्त जोशी काठमाडौँ, ३१ वैशाख : ‘सुशासन, सामाजिक न्याय र...

केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक कार्की   

केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक कार्की   

वि.सं.२०८१ वैशाख ३१ सोमवार १८:१२

काठमाडौँ, ३१ वैशाख : नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी...

सरकारको नीति तथा कार्यक्रम मङ्गलबार प्रस्तुत हुने   

सरकारको नीति तथा कार्यक्रम मङ्गलबार प्रस्तुत हुने   

वि.सं.२०८१ वैशाख ३१ सोमवार १७:५३

काठमाडौँ, ३१ वैशाख : सरकारको नीति तथा कार्यक्रम मङ्गलबार पेश...