back
NMB ad

सुपर हेवा हाइड्रोपावरमा कार्यरत मजदुरको शव एक महिनापछि भेटियो   

Kumari bank ad

किमाथाङ्का, ३१ असार ।  सङ्खुवासभामा बाढीमा बेपत्ता भएका सुपर हेवा हाइड्रोपावरका मजदुरको शव फेला परेको छ । बाढीमा परेर बेपत्ता भएको एक महिना पछि एउटा शव फेला परेको हो । आज बिहान चैनपुर नगरपालिका–४ मा एक पुरुषको शव फेला परेको तर शवको पहिचान भने खुल्न नसेकेको सङ्खुवासभा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिनुभयो । यही असार २ गते राति वर्षासँगै आएको बाढीले बगाउँदा जिल्लाका विभिन्न स्थानका २२ जना बेपत्ता भएका थिए । बेपत्ता भएका २२ मध्ये चैनपुर नगरपालिका–४ मा निर्माणाधीन सुपर हेवा हाइड्रोपावरका १७ जना मजदुर थिए ।

बाढीपहिरामा परेका अन्य १८ जना अझै बेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ताको खोजीका लागि प्रहरीले विभिन्न संयन्त्र अपनाएको थियो । पहिरोमा पुरिएका वा बगाएको स्थानमा मेसिन तथा औजारको सहयोगमा खन्ने, खोज्ने र तालिम प्राप्त कुकुर कुकुर लगाएर खोजी गर्दासमेत शव फेला पार्ने सकेको छैन ।

बाढीपहिराका कारण जिल्लाका विभिन्न स्थानका २० घरपरिवार विस्थापित भएका छन् । बाढीपहिराबाट विस्थापित भएका २० घरपरिवारमध्ये १२ घरमा पूर्ण क्षति पुगेको छ । बाढीले बगाउँदा ठूलो परिमाणमा भौतिक संरचनाको क्षति भएको हो । बाढीले तीनवटा पक्की पुलमा क्षति पु¥याएको छ । बाढीका कारण करोडौँका भौतिक संरचनामा क्षति पुगेको छ ।

वि.सं.२०८० असार ३१ आइतवार १४:३० मा प्रकाशित

You can share this post!

राष्ट्रिय वाणिज्य बैंकको सिईओमा देबेन्द्ररमण खनाल नियुक्त

राष्ट्रिय वाणिज्य बैंकको सिईओमा देबेन्द्ररमण खनाल नियुक्त

वि.सं.२०८१ जेठ १० बिहीवार १२:३८

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा देबेन्द्ररमण...

दिगो विकासको लक्ष्य सन्तोषजनक देखिएनः सांसद राणा   

दिगो विकासको लक्ष्य सन्तोषजनक देखिएनः सांसद राणा   

वि.सं.२०८१ जेठ १० बिहीवार १२:२२

काठमाडौँ, १० जेठः प्रतिनिधिसभा सदस्य डा आरजु देउवा राणाले दिगो...

ढोरपाटनमा दोस्रो याममा १० नाउर र सात झारलको सिकार   

ढोरपाटनमा दोस्रो याममा १० नाउर र सात झारलको सिकार   

वि.सं.२०८१ जेठ १० बिहीवार १२:१७

गलकोट (बागलुङ), १० जेठः वैधानिक रुपमा सिकार खेल्न पाइने नेपालकै...

इरानी राष्ट्रपति रायसीको गृहनगरमा आज अन्त्येष्टि गरिने   

इरानी राष्ट्रपति रायसीको गृहनगरमा आज अन्त्येष्टि गरिने   

वि.सं.२०८१ जेठ १० बिहीवार १२:०९

तेहरान, १० जेठ : हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएका इरानका...

बुद्ध जन्मभूमिलाई विश्वशान्ति र धार्मिक पर्यटकको गन्तव्यका रूपमा विकास गर्न सरकार क्रियाशील छः प्रधानमन्त्री   

बुद्ध जन्मभूमिलाई विश्वशान्ति र धार्मिक पर्यटकको गन्तव्यका रूपमा विकास गर्न सरकार क्रियाशील छः प्रधानमन्त्री   

वि.सं.२०८१ जेठ १० बिहीवार १२:०५

लुम्बिनी, १० जेठः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार बुद्धको...

हिम पर्वत हाइड्रोपावरले आइपीओ निष्काशन गर्ने

हिम पर्वत हाइड्रोपावरले आइपीओ निष्काशन गर्ने

वि.सं.२०८१ जेठ १० बिहीवार ११:५६

काठमाडौं । हिम पर्वत हाइड्रोपावर लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको...