back
NMB ad

महाकाली सिँचाइ तेस्रो चरणः साढे छ सय हेक्टर सिँचाइ गर्न सकिने   

Kumari bank ad

महेन्द्रनगर, २ साउन । आयोजना सुरु भएको डेढ दशकपछि महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत साढे छ सय हेक्टरमा सिँचाइ पुर्‍याउन सकिने भएको छ । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत कञ्चनपुरको महाकाली सिँचाइ आयोजना तेस्रो चरणको २८ किलोमिटर मूल नहर निर्माण भएको छ ।

महाकाली नदीमा नेपालतर्फ सिँचाइका लागि पानी दिन बनेको मूल नहरको इन्टेक (गेट) परीक्षणदेखि निर्माण भएको मूल नहरमा पानी परीक्षणसमेत भइसकेको आयोजना तेस्रो चरणका सिनियर डिभिजनल इन्जियिनर शम्भु पण्डितले जानकारी दिनुभयो । मूल नहर निर्माण भएको क्षेत्रसम्म पानी परीक्षण गरिएको उहाँले बताउनुभयो ।

“नेपाल–भारत सीमानाकासम्म महाकाली सन्धिअनुसार भारतले एक हजार दुई सय मिटर मूल नहर बनाएपछि गत वर्ष असारमा पानी परीक्षण समेत गरेको थियो”, इन्जिनियर पण्डितले भन्नुभयो, “हामीले पनि अहिलेसम्म बनेको नहर परीक्षण गरेर सकेका छौँ ।” पानी परीक्षणका क्रममा आयोजना कार्यालयले शुक्लाफाँटा नगरपालिकाको सुनबरा नदीमा पानी छाडेको उहाँले बताउनुभयो ।

इन्जिनियर पण्डितका अनुसार हाल निर्माणाधीन २२ वटा शाखा नहरमध्ये दुईवटा शाखा नहर तयार भइसकेका छन् । उहाँले भन्नुभयो, “२० र २१ नं शाखा नहर तयार भएर साढे छ सय हेक्टरमा सिँचाइ पुर्‍याउन सकिने भएको छ । अब महाकाली नदीबाट नियमित पानी ल्याउने विषयमा पहल गर्नेछौँ ।”

कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेव क्षेत्रमा विसं २०६४ देखि सुरु भएको मूल नहर निर्माणको थप काम अगाडि बढाउने प्रक्रिया रहेको आयोजनाले जनाएको छ । आयोजनाको कञ्चनपुरसँगै कैलालीको मालाखेती क्षेत्रको गरी कूल ३३ हजार पाँच सय हेक्टर क्षेत्रफल जमिनमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य छ । यहाँ २२ वटा शाखा नहर निर्माणका लागि रू एक अर्ब बढीको लागतमा काम भइरहेको छ ।

त्यस्तै, २८ किलोमिटर (शुक्लाफाँटाको फुलेली) देखि ४८ किलोमिटरसम्मको २० किलोमिटर मूल नहर निर्माणको प्रक्रिया सिँचाइ विभाग पुगेको इन्जिनियर पण्डितले बताउनुभयो ।

वि.सं.२०८० साउन २ मंगलवार १४:२३ मा प्रकाशित

You can share this post!

पर्यटन राजधानी पोखराः अनुशासन र नैतिकताको सहर   

पर्यटन राजधानी पोखराः अनुशासन र नैतिकताको सहर   

वि.सं.२०८१ जेठ १६ बुधवार २०:३८

गण्डकी, १६ जेठ : “पोखरालाई अनुशासन र नैतिकताको सहर बनाउनुपर्छ,...

स्वास्थ्य अवस्थाका कारण हाजिरी जमानीमा छुटे कैलाश सिरोहिया

स्वास्थ्य अवस्थाका कारण हाजिरी जमानीमा छुटे कैलाश सिरोहिया

वि.सं.२०८१ जेठ १६ बुधवार २०:२२

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया ९ दिनपछि...

विश्व कीर्तिमानी कायम गर्न कालापत्थरमा रेस्लिङ   

विश्व कीर्तिमानी कायम गर्न कालापत्थरमा रेस्लिङ   

वि.सं.२०८१ जेठ १६ बुधवार १८:३८

कालापत्थर (सोलुखुम्बु), १६ जेठः विश्वकै अग्लो स्थानमा रेस्लिङ खेलेर कीर्तिमानी...

आगामी आवको बजेट : सुधारोन्मुख अर्थतन्त्रलाई गति दिने लक्ष्य   

आगामी आवको बजेट : सुधारोन्मुख अर्थतन्त्रलाई गति दिने लक्ष्य   

वि.सं.२०८१ जेठ १६ बुधवार १८:२८

रमेश लम्साल काठमाडौँ, १६ जेठ : सुधारोन्मुख अर्थतन्त्रलाई गति दिने...

दुई कम्पनीको १२ लाख ४१ हजार  कित्ता बोनस सेयर सूचिकृत, कुनको कति ?

दुई कम्पनीको १२ लाख ४१ हजार  कित्ता बोनस सेयर सूचिकृत, कुनको कति ?

वि.सं.२०८१ जेठ १६ बुधवार १८:२३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बुधबार दुई कम्पनीको बोनस...

बजेटले नयाँ चरणको आर्थिक सुधारको प्रयास थालेको छ : अर्थमन्त्री पुन   

बजेटले नयाँ चरणको आर्थिक सुधारको प्रयास थालेको छ : अर्थमन्त्री पुन   

वि.सं.२०८१ जेठ १६ बुधवार १८:१३

काठमाडौँ, १६ जेठ : अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको...