back
NMB ad

नवलपुरमा उठ्यो २६ अर्ब बढी राजस्व   

Kumari bank ad

त्रिवेणी, २ साउन ।  नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा गत आर्थिक वर्षमा रु २६ अर्बभन्दा धेरै राजस्व सङ्कलन भएको छ । कावासोतीस्थित आन्तरिक राजस्व कार्यालयले आर्थिक वर्ष २०७९/८० मा रु २६ अर्ब ३१ करोड १२ लाख ७४ हजार राजस्व सङ्कलन गरेको प्रमुख कर अधिकृत ज्ञानहरि पन्थीले बताउनुभयो ।

उक्त कार्यालयले सबैभन्दा धेरै अन्तःशुल्कतर्फ रु २५ अर्ब १६ करोड ९१ लाख १६ हजार राजस्व सङ्कलन गरेको छ । यसैगरी आय कर रु ६३ करोड ९८ लाख ५५ हजार, मूल्य अभिवृद्धि कर रु ३८ करोड २५ लाख ६५ हजार, ब्याज रु छ करोड १३ लाख ७३ हजार, स्वास्थ्य सेवा कर रु चार करोड ३० लाख २० हजार, घर बहाल कर रु एक करोड ५३ लाख ४४ हजार सङ्कलन भएको प्रमुख कर अधिकृत ज्ञानहरि पन्थीले बताउनुभयो ।

आर्थिक वर्ष २०७९/८० मा उक्त कार्यालयले कूल रु ३२ अर्ब १२ करोड ९३ लाख ६१ हजार राजस्व सङ्कलनको लक्ष्य लिएकामा लक्ष्यभन्दा कम(रु२६ अर्ब ३१ करोड १२ लाख ७४हजार (८१ दशमलब ८९ प्रतिशत) राजस्व सङ्कलन भएको प्रमुख कर अधिकृत पन्थीले बताउनुभयो ।

कूल लक्ष्यको ९६ प्रतिशत अन्तःशुल्कतर्फ मात्रै राजस्व सङ्कलनको लक्ष्य राखिएको थियो । खपत बढ्ने लक्ष्य राखिए पनि अर्थतन्त्रमा आएको सङ्कुचनले गर्दा अन्तःशुल्क सङ्कलनमा समेत कमी आउँदा लक्ष्य हासिलमा असर परेको प्रमुख कर अधिकृत पन्थीले बताउनुभयो । “अर्थतन्त्रमा आएको सङ्कुचनले आम्दानीमा कमी, घरजग्गालगायत कारोबारमा कमी हुँदा खपतमा समेत कमी आयो, यसले राजस्व सङ्कलनमा समेत केही कमी देखिएको छ”, प्रमुख कर अधिकृत पन्थीले भन्नुभयो ।

लक्ष्यअनुसार राजस्व सङ्कलनमा केही कम देखिए पनि देशैभरिका राजस्व कार्यालयको तुलनामा यस कार्यालयको अवस्था भने राम्रो रहेको उहाँको भनाइ थियो ।

आर्थिक वर्ष २०७८/७९ को तुलनामा गत आर्थिक वर्षमा बढी राजस्व सङ्कलन भएको छ । आर्थिक वर्ष २०७८/७९ मा रु २४ अर्ब ११ करोड १२ लाख एक हजार राजस्व सङ्कलन भएकामा गत आर्थिक वर्षमा रु दुई अर्ब २० करोड ७२ हजार राजस्व बढी सङ्कलन भएको थियो ।

वि.सं.२०८० साउन २ मंगलवार १४:३१ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...