काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा बढोत्तरी आएको छ । उक्त दिन बजार ९.९१ अंकले बढेर २१५४ को विन्दुमा कायम हुन पुगेको हो ।
आज सेयर बजारमा सुधार आउँदा बिपीडब्लु लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यसैगरी, यूनाइटेड अजोड इन्स्योरेन्सको ९.९९ प्रतिशत, शुभम् पावर लिमिटेडको ८.८९ प्रतिशत, युनिलिभर नेपालको ८.३९ प्रतिशत, उपकार लघुवित्तको ६.७८ प्रतिशतले सेयर मूल्य बढेको छ ।
वि.सं.२०८० साउन २ मंगलवार १५:०४ मा प्रकाशित