back
NMB ad

विकास बैंकहरुले ‘हरित निक्षेप’ र ‘हरित कर्जा’ योजना ल्याउने, यस्ता छन् उदेश्य

Kumari bank ad

काठमाडौं । विकास बैंकहरुले दिगो विकासमा योगदान दिने उद्देश्यले ‘हरित निक्षेप योजना’ र ‘हरित कर्जा योजना’ ल्याउने भएका छन् ।

बैंक तथा वित्तीय संस्थाहरुको लगानी तुलनात्मक रुपमा कम उत्पादनशील क्षेत्रमा बढ्दै गएकाले उत्पादनमूलक र दिगो विकासमा टेवा दिने क्षेत्रमा कर्जा बढाउने उद्देश्यले डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालले उक्त योजना ल्याउन लागेको हो ।

हरित कर्जा योजनामा गरिने लगानीका लागि विस्तारै स्रोतको सुनिश्चतता पनि गर्दै जाने उद्देश्यले ‘हरित निक्षेप योजना’ पनि ल्याउन लागेको एसोसिएसनले जनाएको छ । ‘हरित निक्षेप योजना’मा अन्य बचत र मुद्दति निक्षेपमा भन्दा ०.२५५ बढी ब्याज व्यवस्था गर्न लागेको छ ।साथै, ‘हरित कर्जा योजना’मा अन्य सोही प्रकृतिको कर्जा योजनामा भन्दा ०.२५५ ले कम ब्याजमा कर्जा प्रवाह गर्नेगरी कर्जा योजनाको प्रडक्ट पेपर विकास गरिने संघले जनाएको छ ।

विकास बैंकहरुले आ–आफ्ना बैंकको व्यावसायिक रणनीतिअनुसार अझ बढी सुविधा दिनेगरी प्रडक्ट पेपर विकास गर्न सक्ने निर्णय पनि एसोसिएसनले गरेको छ । कार्बन उत्सर्जन गर्ने र जलवायु परिवर्तनलाई असर गर्ने कुनै पनि उद्योग व्यवसायले हरित कर्जा सुविधा लिन पाउने छैनन् । आ–आफ्ना बैंकका सञ्चालक समितिबाट प्रडक्ट पेपर स्वीकृत गराई ‘हरित निक्षेप योजना’ र ‘हरित कर्जा योजना’ बजारमा ल्याउन एसोसिएसनले सदस्य बैंकहरुलाई परिपत्र जारी गरिसकेको जनाएको छ । उक्त योजनाको प्राथमिक क्षेत्रहरु कृषिजन्य उद्यम, बनजन्य उद्यम, जल उर्जा,सौंर्य उर्जा, जैविक उर्जा, वायु उर्जा, केवलकार/रोपवे, विद्युतीय सवारी साधन, फोहोर पानी प्रशोधन गर्ने उद्यम रहेका छन् ।

वि.सं.२०८० साउन ३ बुधवार १२:३८ मा प्रकाशित

You can share this post!

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१९

काठमाडौं । कुमारी बैंक लिमिटेड र होटल भिन्टेज होम, भक्तपुर...

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१३

काठमाडौँ, ६ जेठः उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आरोप–प्रत्यारोपको शृङ्खला...

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

वि.सं.२०८१ जेठ ६ आइतवार २०:०१

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले इटहरी स्थित होटल सोल्टी...

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

वि.सं.२०८१ जेठ ६ आइतवार १९:५१

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कंपनी लिमिटेडले पर्सा जिल्ला, पर्सागढि-१, विरूवागुठी...

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:४१

वीरगञ्ज (पर्सा), ६ जेठ : आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु...

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:३८

काठमाडौँ, ६ जेठ : राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरवारभित्रका विभिन्न चारवटा...