back
NMB ad

कुथेली बुखरी स्मल हाइड्रोपावरको आइपीओ भोली बाँडफाँड गरिने, सेयर हात पर्न भाग्यकै भर

Kumari bank ad

काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओ भोली साउन ७ गते आइतबार बाँडफाँड गरिने भएको छ। बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार भोली बिहान ९ बजे एनएमबि क्यापिटलको कार्यालयमा बाँडफाँड गरिने भएको हो ।

कम्पनीले असार २६ गतेबाट सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको थियो। सीडीएसका अनुसार यो आईपीओमा ११ लाख ८ हजार २३२ आवेदकबाट कुल १ करोड १८ लाख ९० हजार ६० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा ११७.५४ गुणाले बढी हो।

मागभन्दा बढी आवेदन परेकै कारण यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड गरिनेछ। जसमा भाग्यमानी १० हजार ११५ जनाले १० कित्ताका दरले सेयर पाउनेछन्। तिनै भाग्यमानीमध्ये १ जनाले थप १ कित्ता सेयर पाउनेछन्।

कम्पनीले जारी पुँजी १२ करोड १८ लाख ६७ हजार ५०० रुपैयाँको १० प्रतिशतले हुन आउने १ करोड २१ लाख ८६ हजार ७०० रुपैयाँबराबर अर्थात १०० रुपैयाँ अंकित दरका कुल १ लाख २१ हजार ८६७ कित्ता आईपीओ सर्वसाधारणका लागि छुट्याएको थियो। त्यसमध्ये १० प्रतिशतले हुन आउने १२ हजार १८६ कित्ता सेयर कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई र ५ प्रतिशतले हुन आउने ६ हजार ९३ कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँड गरिसकेको छ।

वि.सं.२०८० साउन ६ शनिवार १३:०९ मा प्रकाशित

You can share this post!

४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको ‘प्रेसर साफ्ट’ ‘ब्रेक थ्रु’   

४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको ‘प्रेसर साफ्ट’ ‘ब्रेक थ्रु’   

वि.सं.२०८१ जेठ ८ मंगलवार २१:५७

म्याग्दी, ८ जेठ : नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा...

समानीकरण अनुदान कटौती हुँदैन : प्रधानमन्त्री   

समानीकरण अनुदान कटौती हुँदैन : प्रधानमन्त्री   

वि.सं.२०८१ जेठ ८ मंगलवार २१:०७

काठमाडौँ, ८ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश र...

बागमती प्रदेश मन्त्रिपरिषद् बैठक : अध्यादेशलाई प्रतिस्थापन गर्न स्वीकृत प्रदान   

बागमती प्रदेश मन्त्रिपरिषद् बैठक : अध्यादेशलाई प्रतिस्थापन गर्न स्वीकृत प्रदान   

वि.सं.२०८१ जेठ ८ मंगलवार २१:०१

मकवानपुर, ८ जेठ : बागमती मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश...

राष्ट्रियसभाको बैठक स्थगन   

राष्ट्रियसभाको बैठक स्थगन   

वि.सं.२०८१ जेठ ८ मंगलवार १६:४४

काठमाडौँँ, ८ जेठः राष्ट्रियसभाको आजका लागि निर्धारित बैठक सूचना टाँसेर...

फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान   

फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान   

वि.सं.२०८१ जेठ ८ मंगलवार १६:३२

काठमाडौँ, ८ जेठः फिनल्याण्डले नेपालको स्थानीय जलवायु अनुकूलन कार्यक्रमका लागि...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ जेठ ८ मंगलवार १५:१२

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...