back
NMB ad

क्षेत्रगत कर्जा, विपन्न वर्ग र सहुलियतपूर्ण कर्जाको स्थिति, कुन क्षेत्रमा कति लगानी ?

Kumari bank ad

काठमाडौं । २०८० जेठ मसान्तमा वाणिज्य बैंकहरुबाट प्रवाह भएको कुल कर्जामध्ये कृषि क्षेत्रमा १३.१ प्रतिशत(रु.५५२ अर्ब ९९ करोड), ऊर्जा क्षेत्रमा ६.८ प्रतिशत (रु.२८६ अर्ब ७७ करोड) र लघु, घरेलु, साना एवम् मझौला उद्यमका क्षेत्रमा ९.९ प्रतिशत (रु.४१८ अर्ब ३६ करोड) लगानीमा रहेको छ । त्यसैगरी, विकास बैंकहरुबाट कृषि, लघु, घरेलु तथा साना उद्यम/व्यवसाय, ऊर्जा र पर्यटन क्षेत्रमा कुल कर्जाको २४.९ प्रतिशत (रु.११३ अर्ब १८ करोड) र वित्त कम्पनीहरुबाट २२.३ प्रतिशत (रु.१९ अर्ब ६५ करोड) लगानीमा रहेको छ ।

वाणिज्य बैंकहरुबाट प्रवाह भएको कुल कर्जा सापटमध्ये २०८० जेठ मसान्तमा औसत ६.१ प्रतिशत (रु.२६० अर्ब ८४ करोड) कर्जा विपन्न वर्गमा गएको छ । त्यसैगरी, विकास बैंकहरुबाट यस क्षेत्रमा ९.१ प्रतिशत (रु.४२ अर्ब ३२ करोड) र वित्त कम्पनीहरुबाट ६.१ प्रतिशत (रु.५ अर्ब ६५ करोड) कर्जा लगानीमा रहेको छ ।

नेपाल सरकारबाट ब्याज अनुदान उपलब्ध गराइएको सहुलियतपूर्ण कर्जामध्ये २०८० जेठ मसान्तमा १ लाख ४७ हजार ५ सय १० ऋणीलाई रु.२०३ अर्ब १० करोड कर्जा लगानीमा रहेको छ । नेपाल राष्ट्र बैंकबाट कृषि लगायतका उत्पादनशील क्षेत्र, लघु उद्यम, निर्यात र कोभिड महामारीबाट प्रभावित क्षेत्रमा प्रवाहित कर्जालाई उपलब्ध गराइएको पुनरकर्जा २०८० जेठ मसान्तमा रु.१ अर्ब ९६ करोड लगानीमा रहेको छ ।

वि.सं.२०८० साउन ७ आइतवार १४:०७ मा प्रकाशित

You can share this post!

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:५४

काठमाडौँ, १८ वैशाख : सांसदहरुले आगामी आर्थिक वर्षको बजेट खेल...

नागरिक लगानी कोषले सुपर खुदीको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले सुपर खुदीको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:४४

काठमाडौँ, १८ वैशाख : नागरिक लगानी कोषले सुपर खुदी हाइड्रोपावर...

क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्कासन गर्ने

क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्कासन गर्ने

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:३७

काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आईपीओ निष्कासन गर्ने...

बीमकहरूका परिपालन अधिकृतहरूसँग छलफल एवम् अन्र्तक्रिया  कार्यक्रम सम्पन्न

बीमकहरूका परिपालन अधिकृतहरूसँग छलफल एवम् अन्र्तक्रिया कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:३१

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा आज प्राधिकरणको केन्द्रीय कार्यालय,...

नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:२४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले मंगलबार एक कम्पनीको मूल्य...

जापानमा आर्थिक वर्ष २०२३ मा रोजगारीको उपलब्धता घट्यो   

जापानमा आर्थिक वर्ष २०२३ मा रोजगारीको उपलब्धता घट्यो   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:०५

टोकियो, १८ वैशाख : जापानको रोजगार उपलब्धता अनुपात आर्थिक वर्ष...