back
NMB ad

मौद्रिक नीति सन्तुलित आयो, कर्जाको ब्याजदर अझै घट्छ : एनबिए अध्यक्ष सुनील केसी

Kumari bank ad

काठमाडौं । नेपाल बैंकर्स संघले नेपाल राष्ट्र बैंकले सन्तुलित मौद्रिक नीति लिएको बताएको छ। सोमबार आयोजित पत्रकार सम्मेलनमा बैंकर्स संघका अध्यक्ष सुनिल केसीले राष्ट्र बैंकले सन्तुलित मौद्रिक नीति ल्याएको बताए।

अन्तर्राष्ट्रिय अर्थतन्त्रमा अन्योलता कायम रहकै समयमा राष्ट्र बैंकले यस प्रकार मौद्रिक नीति ल्याउनु स्वागतयोग्य भएको नेपाल केसीले बताए ।

राष्ट्र बैंकले साढे ११ प्रतिशत कर्जा विस्तारको लक्ष्य लिएको छ। कर्जा विस्तारको लक्ष्य भने केहि कम भएको धारणा बैंकर्स संघको छ। केन्द्रिय बैंकको लक्ष्य अनुसार आगामी वर्ष ५६५ अर्बको कर्जा विस्तार हुने छ। यसमा पनि केन्द्रिय बैंकले उत्पादनमूलक क्षेत्रमा कर्जा लगानी बढाउने उद्देश्य राखेको र यसले यसले रियल इकोनेमिलाई नै सपोर्ट गर्ने संघले जनाएको छ।

यस्तै चालु पूँजी कर्जामा संशोधन गर्ने कुरा गरेकोले यसले निजी क्षेत्रको सामेत माग सम्बोधन भएको बताए।

ग्रिन बन्ड, सस्टेनेबल बन्ड, ब्लेन्डेड फाइनान्सलगायतलाई मौद्रिक नीतिले समेट्न नसकेको संघले जनाएको छ। नेपालको लागि यस्ता विषय अत्यावश्यक भए पनि त्यसलाई मौद्रिक नीतिले समेट्न नसकेको संघका अध्यक्ष केसीले बताए।

राष्ट्र बैंकले सेयर, सवारी र घर कर्जा धितो कर्जामा दिएको सहुलियतले अन्य क्षेत्र चलायमान हुँदा बैंकहरूको समेत व्यवसाय बढ्ने उनको अनुमान छ ।

यसैगरी उनले आगामी दिनमा बैंकहरुको ब्याजदर अझै घट्ने देखिएको बताए। केन्द्रिय बैंकको व्यवस्था अनुसार स्प्रेड दर असारमा नै ५ प्रतिशतमा झार्नु परेकोले पनि यसले बैंकहरुको कर्जाको ब्याजदर घटाउने बताए ।

वि.सं.२०८० साउन ९ मंगलवार ०७:०८ मा प्रकाशित

You can share this post!

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१९

काठमाडौं । कुमारी बैंक लिमिटेड र होटल भिन्टेज होम, भक्तपुर...

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१३

काठमाडौँ, ६ जेठः उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आरोप–प्रत्यारोपको शृङ्खला...

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

वि.सं.२०८१ जेठ ६ आइतवार २०:०१

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले इटहरी स्थित होटल सोल्टी...

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

वि.सं.२०८१ जेठ ६ आइतवार १९:५१

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कंपनी लिमिटेडले पर्सा जिल्ला, पर्सागढि-१, विरूवागुठी...

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:४१

वीरगञ्ज (पर्सा), ६ जेठ : आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु...

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:३८

काठमाडौँ, ६ जेठ : राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरवारभित्रका विभिन्न चारवटा...