काठमाडौं । सानिमा बैंकको २ लाख ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ।
बैंकको संस्थापक समूहको सेयर लिलामी बिक्रीमा राखिएको हो। यो सेयरमा विद्यमान संस्थापक सेयरधनीले मात्र खरिद आवेदन पाउनेछन्।
बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १५० रुपैयाँ तोकिएको छ। इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र खरिद आवेदन दिनुपर्नेछ। खरिद आवेदन बैंकको नक्साल नारायणचौरस्थित केन्द्रीय कार्यालयमा पेस गर्नुपर्नेछ।
तोकिएको समयावधिभित्र खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संघसंस्था सेयर बिक्री खुला गरिने बैंकले जनाएको छ ।
वि.सं.२०८० साउन ९ मंगलवार १०:३३ मा प्रकाशित