back
NMB ad

भ्रष्टाचार गरेको अभियोगमा निमित्त प्रशासकीय अधिकृतसहित सात जनाविरुद्ध मुद्दा दायर  

Kumari bank ad

काठमाडौँ, ११ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दार्चुलाको शैल्यशिखर नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्टलगायत सात जनाविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता भोला दाहालका अनुसार उक्त नगरपाकिाको ७ र ८ नं वडाको बन्तोली बोहरीगाउँको सडकखण्ड निर्माणको लागत स्टिमेटमा कडा चट्टानको भाग बढी देखाई वास्तविकभन्दा बढी भुक्तानी गरी भ्रष्टाचार गरेको पाइएकाले आज मुद्दा दायर गरिएको हो ।

आयोगले निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्टविरुद्ध रु २६ लाख दुई हजार पाँच सय ५६ बराबरको बिगो दाबी गरेको छ । यस्तै इन्जिनियर सन्तोष पाण्डेविरुद्ध रु ११ लाख ३० हजार दुई सय ७२, तत्कालीन अर्का इन्जिनियर राजेन्द्रसिंह धामीविरुद्ध रु १४ लाख ७२ हजार दुई सय ८३, सबइन्जिनियर दीपकसिंह विष्टविरुद्ध रु २६ लाख दुई हजार पाँच सय ५६ बराबरको बिगो दाबी गरेको छ ।

यस्तै बन्तोली बगौरा सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष जनकराज जोशी, सचिव धनञ्जय जोशी र कोषाध्यक्ष जानकी बडू जोशीविरुद्ध रु २६ लाख दुई हजार पाँच सय ५६ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

वि.सं.२०८० साउन ११ बिहीवार १७:५२ मा प्रकाशित

You can share this post!

बजेट तथा कार्यक्रम तर्जुमा गर्न जुट्यो काठमाडौँ महानगरपालिका

बजेट तथा कार्यक्रम तर्जुमा गर्न जुट्यो काठमाडौँ महानगरपालिका

वि.सं.२०८१ वैशाख २९ शनिवार १६:२७

काठमाडौँ, २९ वैशाख : काठमाडौँ महानगरपालिका आर्थिक वर्ष २०८१/८२ का...

विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गराउन माग   

विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गराउन माग   

वि.सं.२०८१ वैशाख २९ शनिवार १६:२१

काठमाडौँ, २९ वैशाख : विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गराउने विषयमा...

सर्लाहीमा पूर्व–पश्चिम रेलमार्ग निर्माणको काम ९० प्रतिशत सकियो   

सर्लाहीमा पूर्व–पश्चिम रेलमार्ग निर्माणको काम ९० प्रतिशत सकियो   

वि.सं.२०८१ वैशाख २९ शनिवार १६:०२

बरहथवा (सर्लाही), २९ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको...

रुद्राक्षको व्यापारबाट मनग्य आम्दानी गर्दै सन्तोष   

रुद्राक्षको व्यापारबाट मनग्य आम्दानी गर्दै सन्तोष   

वि.सं.२०८१ वैशाख २९ शनिवार १५:५६

धरान (सुनसरी), २९ वैशाख : धरान उपमहानगरपालिका–१४ का सन्तोष विश्वकर्माले...

रसुवागढी नाकामा पर्यटकको चहलपहल बढ्दै   

रसुवागढी नाकामा पर्यटकको चहलपहल बढ्दै   

वि.सं.२०८१ वैशाख २९ शनिवार १५:४९

रसुवा २९ वैशाख : चीनको आधार इलाकामा पर्ने मानसरोवर कैलाश...

नेपालको नक्सा नोटमा छाप्दा अरुले चिन्ता गर्नु पर्दैन : अध्यक्ष ओली   

नेपालको नक्सा नोटमा छाप्दा अरुले चिन्ता गर्नु पर्दैन : अध्यक्ष ओली   

वि.सं.२०८१ वैशाख २९ शनिवार १५:४४

काठमाडौँ, २९ वैशाख : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले...