back
NMB ad

नेपालको पर्यटन विकासमा गर्नैपर्ने कामहरु

Kumari bank ad

चन्द्रप्रसाद रिजाल
उपाध्यक्ष, नेपाल पर्यटन बोर्ड

जिडिपीमा पर्यटनको योगदान कति ?
नेपालमा उद्योगधन्दाको विकास भएको भए अर्थतन्त्रमा त्यसले ठूलो योगदान गर्न सक्दथ्यो । अलिअलि भएको कृषि उत्पादनमा पनि बिक्री वितरणको समस्या छ । उल्टो विदेशबाट अर्बांैको कृषिजन्य सामग्री आयात भइरहेको छ । नेपाल आयातमा आधारित मुलुक हो । जतिपनि सामान आयात गर्दा डलरमै भुक्तानी गर्नुपर्दछ । त्यसैले अब विदेशी मुद्रा आर्जन गर्ने सशक्त क्षेत्र पर्यटन हो ।

अर्थतन्त्रको मेरुदण्ड पर्यटन हो । अब अर्थतन्त्रको मेरुदण्ड पर्यटन हो भनेर मात्रै पुग्दैन । अध्ययन, अनुसन्धान गरेर पर्यटनले नेपालको अर्थतन्त्रलाई कति योगदान गरेको छ भन्ने कुराको तथ्याङ्क निकाल्नु आवश्यक छ । कुल गार्हस्थ उत्पादनको ३ प्रतिशत योगदान पर्यटन क्षेत्रको छ भन्ने गरिन्छ । वास्तवमा त्यो यथार्थ तथ्याङ्क होइन । यहाँ तथ्याङ्क नै व्यवस्थित गर्न सकिएको छैन । भारतीय पर्यटक नेपालमा कति आउँछन् ? कँही कतै लेखाजोखा राखेको पाइँदैन । भारतीयहरु पनि पर्यटक हुन् र उनीहरुले पनि विदेशी मुद्रा नै ल्याउँदछन् भन्ने बुझ्नुपर्दछ । अर्काेतर्फ विदेश गएका नेपालीहरु पनि बेला–बेला नेपाल आउने गर्दछन् । उनीहरु विदेशी नागरिक नै भइसके । उनीहरु नेपाल आएर खर्च गर्दा त्यो पर्यटक हो कि होइन भन्ने विषयमा पनि अन्योल छ । यो अध्ययनको क्षेत्रमा बढी लगानी गरेर सरकारको धारणा निकाल्न पनि यथार्थ तथ्याङ्क सङ्कलन हुनुपर्दछ ।

सबैभन्दा पहिले पर्यटक भनेको के हो भन्नेमै प्रष्ट हुनुपर्दछ । आन्तरिक र बाह्य दुवै पर्यटक हुन् । दुवै क्षेत्रले आर्थिक कारोबारलाई चलायमान गराउँदछन् । होटल, ट्राभल एजेन्सी खोल्ने, अन्तर्राष्ट्रिय क्षेत्रमा प्रवद्र्धन गर्ने, पर्यटकलाई नेपालमा ल्याउने आदि कार्यमा निजी क्षेत्रले काम गरिरहेको छ । यातायात, बाटोघाटो, पूर्वाधार, खानेपानी, स्वास्थ्य लगायत क्षेत्रमा राज्यले लगानी गरिदिनुपर्दछ र गरिरहेको पनि छ । खासमा नेपालमा के गर्ने भन्ने योजना नै छैन । मानौं कुनै एउटा होटल बनाउनुप¥यो भने समग्र होटलको योजना नै बनाइँदैन । होटल खोलेपछि सडक बाटोदेखि पूर्वाधार विकासमा लागिन्छ । तर विदेशमा भने पहिले पूर्वाधार तय भएपछि मात्रै होटल खोलिन्छ । नेपालमा खाली जग्गामा घर, होटल बनाउने अनि त्यसपछि मात्रै सरकारले बाटो, पानी लगायतका पूर्वाधार पु¥याउने काम भइरहेको छ । यो विकास ठिक होइन ।

पर्यटक ल्याउन योजनाबद्ध पहलकदमी
यहाँ सरकार र निजी क्षेत्र दुवैको पर्यटनमा लगानी छ । बजारीकरण एवम् प्रवद्र्धनमा नेपाल सरकार र नेपाल पर्यटन बोर्डले काम गरिरहेको छ । यसका लागि विदेशी बजारमा अर्बाैं रकम लगानी भइरहेको छ । तर अहिले स्वतस्फूर्तरुपमा पर्यटकहरु नेपाल घुम्न आइरहेका छन् । कोभिडपूर्वको अवस्थामा नेपालमा भइरहेको पर्यटकको संख्यामा आगमन पुग्छ भनेर अहिले सबैतिर चर्चा हुन थालेको छ । यो नियमित प्रक्रियाअन्तर्गत आइरहेको पर्यटकको सङ्ख्या हो । कोभिड र भूकम्पको बेला यहाँ कम पर्यटक आएका थिए । अहिले बढेको अवस्था देखिएको छ । तर अध्ययन, अनुसन्धान, बजारीकरण एवम् प्रवद्र्धन गरेर अहिले पर्यटक बढेको भन्न मिल्दैन । त्यो सही निर्णय हुँदैन । त्यो सही भएन भने भोलिका दिनमा सही गन्तव्यमा पुगिन्न । सही बजार खोज्न पनि पुगिँदैन । नयाँ योजनाका साथ अन्तर्राष्ट्रिय बजारमा पुग्नैपर्दछ । साँच्चै पर्यटक बढाउने हो भने सोचविचार गरेर योजनाबद्ध ढङ्गले पर्यटक ल्याउन पहलकदमी लिनुपर्दछ । पर्यटन बोर्डले पनि धेरै योजना बनाएर अगाडि बढेको छ । तापनि योजना कार्यान्वयन हुन नसक्दा सोचेअनुरुप हुन नसकिरहेको तितो यथार्थ भने छ ।

पर्यटन बोर्डका योजनाहरु
यतिबेला पर्यटन बोर्ड र सरोकार समूह मिलेर एकीकृत ढङ्गले आन्तरिक पर्यटनलाई महत्व दिनुपर्दछ भनेर लागेको छ । सातवटा प्रदेशमा सातवटा मार्ट, सातवटा प्रदेशमा सातवटा सङ्ग्रहालय निर्माण, पर्यटन बोर्डको आफ्नै भवन निर्माण, कुनै एक स्थानमा केन्द्रीय सङ्ग्रहालय निर्माण लगायतका योजना बोर्डको छ । संग्रहालयमा एक÷दुई घण्टा बसेर पर्यटनका सबै गतिबिधि हेर्न सकिने योजना बनेको छ । श्रव्यदृश्यसहित सबै माध्यमबाट त्यो म्यूजियममा अवलोकन गर्नसक्ने व्यवस्था, पुस्तकालयको व्यवस्था हुनेछ । छुन, देख्न र हेर्न सकिने विषयवस्तु राखेर त्यो सङ्ग्रहालयको विकास गरिनेछ ।

समग्र नभएपनि सत्तरी प्रतिशतभन्दा बढी पर्यटनसम्बन्धी ज्ञान त्यहाँबाट पाइन्छ भन्ने अवधारणाले त्यो ल्याइएको हो । कोभिडले दिएको शिक्षाबाट गाउँगाउँसम्म सरसफाईको ज्ञान भयो र बोर्डले त्यो अवधारणालाई अगाडि सारेको छ । प्लाष्टिकरहित सफा गाउँ, सफा नगर भनेर अगाडि बढाइएको छ । सफा गाउँ बनाउनेलाई पुरस्कृत गर्ने, हिमाल चढ्नेहरुलाई एकै ठाउँमा जम्मा गरेर पुरस्कृत गर्ने लगायतका योजनाहरु ल्याइएको छ ।

प्रोडक्टको कुरा गर्दा ‘एक गाउँ, एक गन्तव्य’, ‘एक जिल्ला, एक महत्वपूर्ण गन्तव्य’ भनेर ल्याइएको छ । जिल्लामा धेरै गन्तव्यहरु छन् । पर्यटकीय हिसाबले अथाह सम्पदा छन् । मानिसले भन्दा पनि प्रकृतिले नै अनेक पर्यटकीय गन्तव्य नेपाललाई दिएको छ । । हाइकिङ, गुफा, ¥याफ्टिङ, बञ्जी जम्पिङ, रक क्लाइम्बिङ, क्यानोनिङ लगायतका लागि प्रकृतिले नै उपयुक्त वातावरण बनाइदिएको छ । त्यो ठाउँमा मजा लिने, रमाउने पर्यटक धेरै छन् । ती ठाउँमा विशेषगरी बाटो, शिक्षा, खानेपानी, स्वास्थ्य, सुरक्षा लगायत पूर्वाधार उपलब्ध गराएर राम्रो वातावरणमा व्यवसायीले पनि होटलसहित विभिन्न क्षेत्रमा लगानी गरिदिए भने अथाह पर्यटक आउनेछन् ।

स्पष्ट ढङ्गले र देखिनेगरी पर्यटन बोर्डको ठूला ठूला क्षेत्रमा लगानी गर्ने सोच छ । बिग्रेका पदमार्ग बनाइनेछ । पर्यटकले सधै एउटै गन्तव्य नरुचाउन सक्छन् भनेर नयाँ नयाँ ‘भर्जिन गन्तव्य’हरुमा जानुपर्ने अवधारणाका साथ बोर्ड त्यतातिर अग्रसर छ । पर्यटकले खानामा सधै एकै किसिमको स्वाद चाख्दैन । नयाँ नयाँ स्वाद लिन चाहन्छ । अर्गानिक लोकल प्रोडक्ट डिँडो, फापर गुन्द्रुक खुवाउनुपर्दछ भन्ने मान्यतालाई नीतिमा राखेर बोर्ड अगाडि बढेको छ । पछिल्लो अबधि बजेट फ्रिज हुने र देखिनेगरी काम हुन सकेन । तापनि निराश हुनुपर्ने छैन । नयाँ बजेट कार्यान्वयनले सुधार धेरै हुनेछ । नराम्रो कुरा फाल्दै राम्रा कुरालाई लिँदै कार्यान्वयनमा जानुपर्दछ । नयाँ सोच लिएर अगाडि बढ्नुपर्दछ ।

सार्क क्षेत्र त्यसमा पनि नेपालमा बुद्धिष्ट पर्यटक ल्याउन बढी फोकस गर्नुपर्दछ । नेपालजस्तै देशहरुले आज लाखौं, करोडौं पर्यटक ल्याउने क्षमता बढाएका छन् । नेपालसँग विमानस्थल लगायत सबै क्षेत्र तयारी अवस्थामा छ । स्वतस्फूर्तरुपमा भएको पर्यटक आगमनलाई जस लिन दौडधुप गर्ने चलन गर्नुभन्दा पनि पर्यटक आगमन बढाउने तदारुकता आजको आवश्यकता हो । पर्यटनका लागि चाहिने जनशक्ति विकास गर्नुपर्दछ । पर्यटनसम्बन्धी पढाउने विश्वविद्यालय सरहको नाथम आज नेपालमा स्थापना भएको छ । त्यहाँबाट धेरै जनशक्ति उत्पादन भइरहेका छन् ।

विदेश गएकाहरु दक्ष भएर नेपाल आउन सक्ने अवस्था पनि छ । व्यवस्थित हिसाबले कुन देशबाट कति पर्यटक ल्याउन सकिन्छ ? अहिले कहाँ–कहाँबाट आइरहेका छन् ? जिडिपीमा यसको योगदान कति छ ? अबका दिनमा कुन मार्केटमा प्रवद्र्धन गर्न नेपाल जानुपर्दछ ? आज दश लाख पर्यटक अउँछन् भने हाम्रो बजारीकरणमार्फत नयाँ गन्तव्य खोजेर पर्यटक कति बढाएर लैजान सकिन्छ ? यी लगायत विषयमा सोच्नुपर्दछ । हिमालहरुमा पर्यटक ल्याउने, मास टुरिजम, हेल्थ टुरिजम, शिक्षा, कल्चर, हेरिटेज साइडमा आउने पर्यटक पोहोर कति थिए र अहिले कति भए अब कति बढाउने ? भन्ने लक्ष्य हुनैपर्दछ । कुन बजारमा नेपाल कसरी गएको छ ? त्यसलाई हेरेर चरणबद्ध विकास र तथ्याङ्कमा गइयो भने ठूलो फड्को मार्न सकिनेछ ।

बाध्य भएर सबै पर्यटनमा लाग्नुपर्ने अवस्था
मुुलुकको विकास अफ्ठेरो भइरहेको छ । अरु क्षेत्रमा लगानी बढाउन नसक्दा बाध्य भएर पर्यटनमा सबै लाग्नुपर्ने अवस्था भोलिका दिनमा आउनसक्ने देखिन्छ । हिमाल, पहाड, तराई एकैदिनमा घुम्न सकिने, हावापानी पनि राम्रो भएको देश नेपाल मात्रै हो । सबै सिजनमा पर्यटकहरु घुम्न सक्दछन् । गौतम बुद्धको जन्मभूमि देश यही हो । विश्वकै सर्वाेच्च शिखर सगरमाथा यहाँ छ । भगवान शिवको आराधना गर्ने पशुपतिनाथ यहाँ छ । १२३ भाषाभाषी जातजाती यहीँ छन् । चरा, वन्यजन्तुको हब नेपाल हो । जङ्गल सफारी, रेडपाण्डाको देश, लालिगुराँसको क्षेत्र लगायत अथाह आकर्षण छ ।

हामीसँग भएको प्रोडक्टलाई बेच्न सक्नुपर्दछ र प्रतिफल लिन सक्नुपर्दछ । सबै सरोकारवाला मिलेर पर्यटक बढाउन लाग्नुपर्दछ । सरकार, पर्यटन मन्त्रालय, पर्यटन बोर्डले नेतृत्वदायी भूमिका खेल्नुपर्दछ । समीक्षा गरेर अगाडि बढ्नुपर्दछ । गल्ती गर्ने पुरस्कृत हुने र राम्रा व्यक्तिहरु तिरस्कृत हुने प्रवृति हटाउनुपर्दछ । समाज अराजक बन्दै जाँदा नेपालका सबै क्षेत्र नकरात्मकतातिर गइरहेको छ । त्यसलाई हटाउनुपर्दछ । प्रकृतिको वरदानलाई छिटो अध्ययन, अनुसन्धान गरेर लागेमा देशले समृद्धि छिटो प्राप्त गर्नसक्दछ । नेपालको पर्यटनको भविष्य उज्जवल छ ।

वि.सं.२०८० साउन १२ शुक्रवार १३:४१ मा प्रकाशित

You can share this post!

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३६

काठमाडौँ, ३ जेठः बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ रु दुई...

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३०

भैरहवा (रुपन्देही), ३ जेठ : प्रत्येक वर्ष सगरमाथा दिवसका (मे...

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:१९

काठमाडौं । नेपाल टेलिकमले ग्राहकको रुचि र आवश्यकतालाई मध्यनजर गरी...

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:११

काठमाडौँ, ३ जेठ : सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा...

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:०३

भरतपुर (चितवन), ३ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुरेन्द्र...