काठमाडौं। नेपाली बजारमा सोमबार सुनचाँदीको भाउ ओरालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको हो। योसँगै आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ६०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १२ हजार ५० रुपैयाँ कायम भएको छ।
अघिल्लो दिन आइतबार सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको थियो। सो दिन प्रतितोला छापावाल सुन प्रतितोला १ लाख १२ हजार ९०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १२ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेर १ हजार ४५० रुपैयाँमा कारोबार भएको छ। आइतबार तोलामा ५ रुपैयाँले बढेर १ हजार ४५५ रुपैयाँमा किनबेच भएको थियो।
वि.सं.२०८० साउन १५ सोमवार १०:४८ मा प्रकाशित