काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । उक्त दिन बजार २८.५९ अंकले घटेर २०७७ को विन्दुमा कायम हुन पुगेको हो ।
आज सेयर बजारमा गिरावट आउँदा सबैभन्दा बढी अपर तामाकोशी हाइड्रोपावरको कारोबार भएको छ । आज कम्पनीको ८ करोड ७२ लाख २६ हजार रुपैया बराबरको कारोबार भएको छ ।
कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको शिभम् सिमेन्ट्सको ७ करोड ९ लाख २१ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै उक्त दिन सोल्टी होटलको ६ करोड २६ लाख ७ हजार रुपैयाँ, हिमालयन लाइफ इन्स्योरेन्सको ५ करोड १६ लाख ६२ हजार रुपैयाँ र ज्योति विकास बैंकको ५ करोड २ लाख ४६ हजार रुपैयाँको कारोबार भएको हो ।
वि.सं.२०८० साउन १६ मंगलवार १५:०६ मा प्रकाशित