काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा सामान्य सुधार आएको छ । उक्त दिन बजार ९.२५ अंकले बढेर २०८६ को विन्दुमा कायम हुन पुगेको हो ।
आज सेयर बजारमा सुधार आउँदा सबैभन्दा बढी शिभम् सिमेन्ट्सको कारोबार भएको छ । आज कम्पनीको ११ करोड १५ लाख ७० हजार रुपैया बराबरको कारोबार भएको छ ।
कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको सानिमा बैंकको ८ करोड ९० लाख ३७ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै उक्त दिन प्रोग्रेसिभ फाइनान्सको ६ करोड ९० लाख ९९ हजार रुपैयाँ, अपर तामाकोशी हाइड्रोपावरको ५ करोड ९१ लाख ४० हजार रुपैयाँ र सोल्टी होटलको ५ करोड २७ लाख २५ हजार रुपैयाँको कारोबार भएको हो ।
वि.सं.२०८० साउन १७ बुधवार १५:०४ मा प्रकाशित