काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा सामान्य सुधार आएको छ । उक्त दिन बजार ९.२५ अंकले बढेर २०८६ को विन्दुमा कायम हुन पुगेको हो ।
आज सेयर बजारमा सुधार आउँदा आरबिबि म्युचुअल फण्डको सेयर सर्वाधिक बढेको छ । कम्पनीको सेयर मूल्य ४.१४ प्रतिशतले बढेको हो ।
त्यसैगरी, स्टान्डर्ड चार्टड बैंकको ४.०३ प्रतिशत, सिद्धार्थ इक्विटी फण्डको ३.८९ प्रतिशत, सिंगटी हाइड्रोको ३.८९ प्रतिशतले सेयर मूल्य बढेको छ ।
वि.सं.२०८० साउन १७ बुधवार १५:१० मा प्रकाशित