काठमाडौं । विद्युत नियमन आयोगले लिबर्टी इनर्जी कम्पनीलाई हकप्रद सेयर निष्काशन गर्न अनुमति दिएको छ।
आयोगको साउन १५ गते बसेको बैठकले कम्पनीलाई हकप्रद सेयर ल्याउने अनुमति दिने निर्णय गरेको हो। यसअघि लिबर्टी इनर्जी हकप्रद सेयर ल्याउन स्वीकृतिका लागि गत साउन ८ गते आयोगमा निवेदन पेस गरेको थियो।
कम्पनीले चुक्तापुँजी १ अर्ब ५० करोड रुपैयाँको १ः०.५ अनुपातमा अर्थात ५० प्रतिशत हकप्रद ल्याउने अनुमति पाएको छ। जसअनुसार कम्पनीले अब ७५ अर्ब रुपैयाँको हकप्रद सेयर ल्याउन नेपाल धितोपत्र बोर्ड (सेबोन)मा अनुमति माग्नेछ।
कम्पनीले गत माघ २५ गते विद्युत नियमन आयोगमा हकप्रदको एजेण्डा साधारणसभामा लैजान अनुमति पाएको थियो। गत फागुनको दोस्रो साता आयोगले हकप्रदको एजेण्डा साधारणसभामा लैजान कम्पनीलाई पूर्वस्वीकृति प्रदान गरेको थियो।
वि.सं.२०८० साउन १८ बिहीवार ११:२७ मा प्रकाशित