back
NMB ad

राष्ट्रिय सहकारी बैंकले मनायो २१ औं स्थापना तथा कारोबार शुभारम्भ दिवस

Kumari bank ad

ललितपुर, १९ साउन । राष्ट्रिय सहकारी बैंक लिमिटेडले आफ्नो २१ औं स्थापना दिवस तथा कारोबार शुभारम्भ दिवस शुक्रबार विविध कार्यक्रमका साथ मनाएको छ ।

स्थापना दिवसका अवसरमा आयोजित मुख्य कार्यक्रमको उद्घाटन राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले गर्नु भएको थियो ।

सो अवसरमा बोल्दै अध्यक्ष कँडेलले सहकारी क्षेत्रमार्फत समाज रुपान्तरण गर्न सकिने योगदानलाई थप वृद्धि गर्नका लागि सहकारी अभियान र सरकारबीचको निरन्तर सहकार्य र समन्वय आवश्यक रहेको बताउनुभयो ।

सहकारी क्षेत्रको थप सुधारका लागि नीतिगत व्यवस्थालाई व्यवहारमा कार्यान्वयन गर्नु पर्नेमा जोड दिनुभयो । नेपालको सहकारी अभियानलाई प्रभावकारी बनाउन निरन्तर महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको राष्ट्रिय सहकारी बैंकलाई पूर्ण बैकिङ कारोबारको अनुमति दिनका लागि सरोकारवाला निकायले ध्यान दिनु पर्नेमा जोड दिनुभयो ।

सो अवसरमा विषम परिस्थितिमा सहकारीको उत्कृष्ट व्यवस्थापन सम्बन्धी सफलताको अनुभव आदान–प्रदान भएको छ । सहकारी व्यवस्थापनमा सफल रहेका विकु बचत तथा ऋण सहकारी संस्था लिमिटेड नवलपुरका प्रमुख कार्यकारी अधिकृत माधव पौडेल, मेचि बहुउद्देश्यीय सहकारी संस्थाका लिमिटेड झापाका प्रमुख कार्यकारी अधिकृत खेम प्रसाद बगाले, चन्द्रगिरी बचत तथा ऋण सहकारी संस्था लिमिटेड काठमाडौका प्रमुख कार्यकारी अधिकृत कृष्ण कुमार श्रेष्ठ र कल्याणकारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड ललितपुरका प्रमुख कार्यकारी अधिकृत कुमार खत्रिले सफल सहकारी व्यवस्थापनको लागि आ–आफ्नो अनुभव आदान–प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा गत पुसमा सम्पन्न १९ औं वार्षिक साधारण सभामा घोषणा भएका व्यक्ति तथा संस्थाका विभिन्न विधाका पुरस्कारतथा सम्मान वितरण गरेको छ ।

स्थापना दिवस तथा कारोबार शुभारम्भ दिवसका अवसरमा आयोजित कार्यक्रमको अध्यक्षता बैंकका अध्यक्ष के.बी.उप्रेती, स्वागत लेखा सुपरिवेक्षण समितिका संयोजक लक्ष्मी प्रसाद उप्रेती र सञ्चालन बैंकका सञ्चालक नायब महाप्रबन्धक राजेश श्रेष्ठले गर्नु भएको थियो ।

भौतिक तथा भर्चुअल रुपमा समेत सञ्चालन भएको कार्यक्रममा देशभरका बैंकका सदस्य सहकारी संघ संस्थाका प्रतिनिधि तथा अभियानका विभिन्न निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

बैंकको उपत्यका बाहेकका सम्पूर्ण शाखा कार्यालयहरुमा २१ औं स्थापना दिवसको अवसरमा छलफल तथा अन्र्तक्रिया गरि दिवस मनाइएको बैंकले जनाएको छ ।

वि.सं.२०८० साउन १९ शुक्रवार २०:३२ मा प्रकाशित

You can share this post!

दमौलीको मुख्यचोकका सटरमा आगलागी, तीन घण्टापछि नियन्त्रणमा   

दमौलीको मुख्यचोकका सटरमा आगलागी, तीन घण्टापछि नियन्त्रणमा   

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:३३

दमौली (तनहुँ), ७ जेठः तनहुँ सदरमुकाम दमौलीस्थित मुख्यचोकका सटरमा गए...

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ   

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:२७

काठमाडौँ : जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले डेल कम्पनीको लोगो...

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिने

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिने

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:१८

काठमाडौँ, ७ जेठः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट आज विश्वासको...

मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल   

मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल   

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:१२

रसुवा ७ जेठः चीनमा अवस्थित धार्मिकस्थल मानसरोवरकाे यात्रा सुरु भएको...

आज ७ जेठ २०८१ सोमवार, कस्तो छ आजको राशिफल ?

आज ७ जेठ २०८१ सोमवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:०७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१९

काठमाडौं । कुमारी बैंक लिमिटेड र होटल भिन्टेज होम, भक्तपुर...