back
NMB ad

एनएमबि बैंकको नाफा ३ अर्ब ४१ करोड, वितरणयोग्य मुनाफा र प्रतिसेयर आम्दानी कति ?

Kumari bank ad

काठमाडौं । एनएमबि बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

प्रकाशित विवरण अनुसार बैंकले ३ अर्ब ४१ करोड ४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.६३ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब २९ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ५० करोड १८ लाख रुपैयाँ रहेको छ। सो आधारमा बैंकको लाभांश क्षमता ८.१८ प्रतिशत रहेको छ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३०.६० प्रतिशत, खुद फि तथा कमिशन आम्दानी ५.०४ प्रतिशत, कुल सञ्चालन आम्दानी २१.०१ प्रतिशत, सञ्चालन मुनाफा ६.११ प्रतिशतले बढेको छ। सो अवधिसम्ममा बैंकको इम्पेरमेन्ट चार्ज १ अर्ब १६ करोड ६१ लाख रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ६५ पैसा बढेर १८ रुपैयाँ ५७ पैसा पुगेको छ। बैंकको मूल्य आम्दानी अनुपात १२.१७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५५ रुपैयाँ ७९ पैसा रहेको छ।

यस अवधिमा बैंकको चुक्ता पुँजी १८ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ, जगेडा कोषमा १० अर्ब २४ करोड ७३ लाख रुपैयाँ रहेको छ।

बैंकको खराब कर्जा १.४५ प्रतिशतबाट बढेर २.७२ प्रतिशत पुगेको छ । यस्तै बैंकको कस्ट अफ फण्ड ७.३४ प्रतिशत, आधार दर १०.३७ प्रतिशत र सीडी रेसियो ८३.४६ प्रतिशत रहेको छ ।

वि.सं.२०८० साउन २१ आइतवार ०७:१८ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...