back
NMB ad

एकीकृत कारोबार गरेका लक्ष्मी सनराइज बैंकको कुन सूचक कस्ता ?

Kumari bank ad

काठमाडौं । असार २९ गतेदेखि एकीकृत कारोबार गरेका लक्ष्मी सनराइज बैंकले २ अर्ब २६ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४९.४५ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ५१ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

गत आर्थिक वर्षमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ९३ करोड ७१ लाख रुपैयाँ रहेको छ । सो आधारमा बैंकको लाभांश क्षमता ८.९४ प्रतिशत रहेको छ ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४६.४५ प्रतिशत बढेर ५ अर्ब ५० करोड ७१ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ७६ करोड ३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

समीक्षा अवधिमा बैंकको खुद फि तथा कमिशन आम्दानी ९९ करोड ६ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी ७ अर्ब २२ करोड ५४ लाख रुपैयाँ र सञ्चालन नाफा ३ अर्ब ४२ करोड २७ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा बैंकको २१ अर्ब ६७ करोड २ लाख रुपैयाँ, जगेडा कोषमा १५ अर्ब ९३ करोड ७६ लाख रुपैयाँ, निक्षेप २ खर्ब ९६ अर्ब २४ करोड रुपैयाँ र कर्जा लगानी २ खर्ब ५३ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ ।

यस्तै, बैंकको खराब कर्जा ०.८९ प्रतिशतबाट बढेर २.८१ प्रतिशत पुगेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी २ रुपैयाँ ६६ पैसा घटेर १० रुपैयाँ ४४ पैसामा झरेको छ। असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १६.५७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७३ रुपैयाँ ५५ पैसा रहेको छ।

वि.सं.२०८० साउन २१ आइतवार ०७:०९ मा प्रकाशित

You can share this post!

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन   

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन   

वि.सं.२०८१ जेठ २ बुधवार १८:२३

काठमाडौँ, २ जेठः अर्थमन्त्री वर्षमान पुनले मङ्गलबार सार्वजनिक भएको सरकारको...

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

वि.सं.२०८१ जेठ २ बुधवार १८:१९

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले शिक्षाको पँहुचबाट पिछडिएका बालबालिकाहरुलाई...

हृदयाघातबाट हरेक दिन १० हजार युरोपेलीको मृत्यु   

हृदयाघातबाट हरेक दिन १० हजार युरोपेलीको मृत्यु   

वि.सं.२०८१ जेठ २ बुधवार १८:०९

कोपेनहेगन, २ जेठ : विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले युरोपमा...

अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ  

अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ  

वि.सं.२०८१ जेठ २ बुधवार १८:०२

काठमाडौँ, २ जेठ: भारतको अयोध्यास्थित श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका...

लाङटाङ हिमाल आधार शिविर र पदमार्ग सरसफाई जुट्यो पर्यटन संगठन यूनिट्राभ

लाङटाङ हिमाल आधार शिविर र पदमार्ग सरसफाई जुट्यो पर्यटन संगठन यूनिट्राभ

वि.सं.२०८१ जेठ २ बुधवार १७:५१

काठमाडौं । पर्यटन श्रमिकहरुको सबैभन्दा ठूलो संस्था नेपाल ट्रेकिङ, ट्राभल्स,...

बिजनेश इन्टरेष्ट ग्रुपले ४५ लाख कित्ता आईपीओ निष्काशन गर्ने

बिजनेश इन्टरेष्ट ग्रुपले ४५ लाख कित्ता आईपीओ निष्काशन गर्ने

वि.सं.२०८१ जेठ २ बुधवार १७:४६

काठमाडौं । बिजनेश इन्टरेष्ट ग्रुप अफ ईण्डष्ट्रिज लिमिटेडले आईपीओ निष्काशन...