काठमाडौं। साताको दोस्रो कारोबार दिन नेपाली बजारमा सुनको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ १०० रुपैंयाले घटेको हो ।
उक्त दिन छापावाल सुन प्रतितोला १ लाख १२ हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ८५० रुपैयाँ कायम भएको छ।
अघिल्लो दिन आइतबार सुन प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी आज चाँदीको भाउ स्थिर रहँदै तोलामा १ हजार ४२५ रुपैयाँमा कारोबार भएको छ। आइतबार पनि तोलामा चाँदी १ हजार ४२५ रुपैयाँमा कारोबार भएको थियो।
वि.सं.२०८० साउन २२ सोमवार १०:५२ मा प्रकाशित