काठमाडौं । लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी इक्विटी फण्ड र लक्ष्मी उन्नती कोषले बुकक्लोज मिति तय गरेको छ।
यी दुबै फण्डहरुले साउन ३२ गते बुकक्लोज गर्ने भएका छन्। यस अनुसार साउन ३१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले यी फण्डहरुको लाभांश प्राप्त गर्न सक्नेछन्।
लक्ष्मी इक्विटी फण्डले गत आर्थिक वर्षको लागि आफ्ना इकाईधनीहरुलाई कर सहित ८ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको छ भने लक्ष्मी उन्नती कोषले करसहित ९.५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको छ।
वि.सं.२०८० साउन २५ बिहीवार १२:०५ मा प्रकाशित