back
NMB ad

ऐलानी जग्गा उपयोग ‘कार्ड’ वितरण सुरुवात    

Kumari bank ad

तुलसीपुर, २६ साउन। दाङको तुलसीपुर उपमहानगरपालिकाले ऐलानी जग्गा उपयोग कार्ड वितरण सुरुवात गरेको छ ।

सुकुम्बासीलाई लालपुर्जा दिने कार्यक्रमअन्तर्गत उक्त कार्ड वितरण गर्न लागिएको उपमहानगरपालिकाको सामाजिक विकास समिति संयोजक मानबहादुर रावतले बताउनुभयो । “वडा नं ११ मा हामीले सुरु गरेका छौँ, अन्य वडामा पनि सुरु भइरहेको छ”, उहाँले भन्नुभयो, “यो अभियान तीव्रताका साथ अघि बढाएका छौँ ।”

हालसम्म ऐलानी जग्गामा बसोबास गर्नेको तथ्याङ्क छैन । अब यो कार्यक्रमले पूर्णता पाएमा कति ऐलानी जग्गामा कति परिवार बसेको भन्ने कुरा यकिन उहाँले बताउनुभयो । त्यस्तै अव्यवस्थित बसोबासी, वास्तविक तथा विपन्न दलित सुकुम्बासी पनि पत्ता लाग्ने उहाँले बताउनुभयो ।

वडाबाट सबै ऐलानीमा बसोबास गर्नेलाई कार्ड दिइसकेपछि अमिन आएर नापजाँच गर्ने उहाँले बताउनुभयो । अमिनले नापजाँच गरेपछि पुर्जा वितरणको काम अघि बढ्ने बताउनुभयो । यो कार्यक्रम तुलसीपुरका १९ वटै वडाबाट सुरु भएको छ । यो कार्य सक्न करिब छ महिनाको समय लाग्न सक्ने उहाँले बताउनुभयो । यसले उपमहानगरपालिकाको सुकुम्बासी समस्या समाधान हुने अपेक्षा लिइएको छ । प्राथमिकताको आधारमा लालपुर्जा वितरण गर्नका लागि पनि यो कार्य गरिएको हो ।

वि.सं.२०८० साउन २६ शुक्रवार १३:२१ मा प्रकाशित

You can share this post!

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३६

काठमाडौँ, ३ जेठः बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ रु दुई...

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३०

भैरहवा (रुपन्देही), ३ जेठ : प्रत्येक वर्ष सगरमाथा दिवसका (मे...

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:१९

काठमाडौं । नेपाल टेलिकमले ग्राहकको रुचि र आवश्यकतालाई मध्यनजर गरी...

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:११

काठमाडौँ, ३ जेठ : सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा...

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:०३

भरतपुर (चितवन), ३ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुरेन्द्र...