back
NMB ad

माछापुच्छ्रे बैंकले नेपाल मै पहिलो पटक मोबाईल बैंकिङ्गमा ल्यायो अफलाइन ‘ट्याप एण्ड पे’ सेवा

Kumari bank ad

काठमाडौं । माछापुच्छ्रे बैंकले नेपाली बैंकिङ उद्योग क्षेत्रमा पहिलोपटक ईएमभी स्ट्यान्डर्डमा आधारित ‘टोकनाइज्ड’ प्रविधिको प्रयोग गरी मोबाइल बैंकिङ एप्लिकेसनमा कन्ट्याक्टलेस अफलाइन ‘ट्याप एन्ड पे’ सेवा सुरु गरेको छ।

टोकनाइजेसनलाई विश्वमै सबैभन्दा बढी सुरक्षित र भरपर्दो प्रविधिका रुपमा लिने गरिन्छ। जसमा ग्राहकको खाता विवरणको सट्टा सिस्टम जेनेरेटेड कोडबाट कारोबार हुनेहुँदा ग्राहकको विवरण गोप्य र सुरक्षित रहन्छ।

माछापुच्छ्रे बैंकले उक्त सेवा सुरु गरेसँगै बैंकका ग्राहकले तोकिएका निश्चित मर्चेन्टहरुबाट पोसमार्फत कारोबार गर्दा बैंकको मोबाइल बैंकिङ एप्लिकेसन एमबीएल एम–स्मार्ट प्रयोग गरी आफ्नो फोनका माध्यमबाट ट्याप गरी भुक्तानी गर्न सक्नेछन्।

हाललाई यो सेवा एनएफसी सपोर्ट गर्ने एन्ड्रोइड मोबाइलबाट प्रयोग गर्न सकिनेछ र सेवा प्रयोग गरेबापत ग्राहकलाई कुनै पनि शुल्क लाग्ने छैन।

बैंकले साझेदारी र सहकार्यलाई आत्मासात गर्दै एफवान सफ्ट इन्टरनेसनल प्रालि र नेपाल क्लियरिङ हाउस र सिटीटेक्स प्रालिसँगको संयुक्त प्रयासमा उक्त सेवा विस्तार गरेको हो।

बैंकले टोकनाइजेसनलाई विस्तारै अन्य प्रोडक्ट तथा सर्भिसमा पनि प्रयोगमा ल्याउने जानकारी गराएको छ।

बैंकिङ क्षेत्रमा विभिन्न ट्रेन्ड सेट गर्दै अगाडि बढिरहेको माछापुच्छ्रे बंैकले विशेषगरी डिजिटल बैंकिङ क्षेत्रमा अनुसन्धान र खोजलाई प्राथमिकतामा राख्दै नवीनतम सेवा र सुविधाहरु आफ्ना ग्राहकमाझ सञ्चालन गर्दै आएको छ। यसै क्रममा समयसापेक्ष अत्याधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकता दिँदै ग्राहकको सुविधालाई मध्यनजर गर्दै तथा डिजिटल बैंकिङ सुविधालाई हरेक तह र तप्कासम्म पुर्याउने उद्देश्यले ‘ट्याप एन्ड पे’ सेवा बैंकले सञ्चालनमा ल्याएको हो।

वि.सं.२०८० साउन २६ शुक्रवार १६:२९ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...