back
NMB ad

दुई दिनदेखि बन्द भएको जुम्ला – नाग्म सडक खुल्यो   

Kumari bank ad

जुम्ला, २६ साउन । कर्णाली राजमार्ग सडकखण्डअन्तर्गत जुम्लाको चन्दननाथ नगरपालिका–९ स्थित उमगाडमा दुई दिनदेखि बन्द भएको जुम्ला–नाग्म सडक आज दिउँसो ३ बजे खुलेको छ ।

आन्दोलनरत पक्ष र सरोकारवालाबीच सहमति भएपछि राजमार्ग खुलाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्कीले जानकारी दिनुभयो । बेपत्ता ट्र्याक्टर चालक धन गिरीले न्याय नपाएको भन्दै बिहीबार बिहानदेखि आफन्तले राजमार्ग बन्द गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेका अनुसार बेपत्ता व्यक्तिको घटनाको विषयमा उच्चस्तरीय छानबिन समिति गठन गर्ने, पीडित परिवारलाई चन्दननाथ नगरपालिकामा रोजगारको लागि पहल गर्ने र सर्वोच्च अदालतमा चार दिनभित्र उच्च सरकारी वकिल कार्यालयले मुद्दा अगाडि बढाउने सम्बन्धमा आफन्तसँग सहमति भएपछि बन्द सडक खुलेको प्रजिअ घिमिरेले जानकारी दिनुभयो । आफन्तले जिल्ला अदालत र सुर्खेत जुम्ला उच्च अदालतको फैसलाले न्याय नपाइएको भन्दै सडक बन्द गर्नुपरेको पीडित पक्षले बताए ।

कर्णाली प्रदेशका सांसद देवेन्द्रबहादुर शाही, प्रजिअ घिमिरे, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कार्की राजनीतिक दलका प्रतिनिधि, नगरपालिका जनप्रतिनिधि र स्थानीयवासीबीच सहमति भएपछि राजमार्ग खुलाइएको वडाध्यक्ष टेकबहादुर रावतले बताउनुभयो ।

वि.सं.२०८० साउन २६ शुक्रवार १६:१३ मा प्रकाशित

You can share this post!

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

वि.सं.२०८१ जेठ २ बुधवार २०:१८

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको...

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन   

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन   

वि.सं.२०८१ जेठ २ बुधवार १८:२३

काठमाडौँ, २ जेठः अर्थमन्त्री वर्षमान पुनले मङ्गलबार सार्वजनिक भएको सरकारको...

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

वि.सं.२०८१ जेठ २ बुधवार १८:१९

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले शिक्षाको पँहुचबाट पिछडिएका बालबालिकाहरुलाई...

हृदयाघातबाट हरेक दिन १० हजार युरोपेलीको मृत्यु   

हृदयाघातबाट हरेक दिन १० हजार युरोपेलीको मृत्यु   

वि.सं.२०८१ जेठ २ बुधवार १८:०९

कोपेनहेगन, २ जेठ : विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले युरोपमा...

अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ  

अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ  

वि.सं.२०८१ जेठ २ बुधवार १८:०२

काठमाडौँ, २ जेठ: भारतको अयोध्यास्थित श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका...

लाङटाङ हिमाल आधार शिविर र पदमार्ग सरसफाई जुट्यो पर्यटन संगठन यूनिट्राभ

लाङटाङ हिमाल आधार शिविर र पदमार्ग सरसफाई जुट्यो पर्यटन संगठन यूनिट्राभ

वि.सं.२०८१ जेठ २ बुधवार १७:५१

काठमाडौं । पर्यटन श्रमिकहरुको सबैभन्दा ठूलो संस्था नेपाल ट्रेकिङ, ट्राभल्स,...