back
NMB Ad

कति जनाले पाउने भए रिलायवल नेपाल लाइफको आईपीओ ?

Nepal Bank

काठमाडौं । रिलायवल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले निष्काशन गरेको आईपीओमा ४ अर्ब ४९ करोड ३९ लाख ७३ हजार ९६० रुपैयाँ बराबरको आवेदन परेको छ ।

सिडिएस एण्ड क्लियरिङ्गका अनुसार अन्तिम दिन साउन २६ गते शुक्रबार साँझसम्ममा १४ लाख ७७ हजार ८७७ आवेदकबाट १ करोड ७४ लाख ८६ हजार २८० कित्ता शेयरको लागि आवेदन परेको हो ।

यो सर्वसाधारणको लागि छुट्टाएको ९६ लाख कित्ता शेयरको १. ८२ गुणा बढी हुन आउँछ ।
कम्पनीको आइपीओमा माग भन्दा बढी आवेदन परेको हुदाँ गोलाप्रथाबाट बाँडफाँड हुनेछ ।

जसअनुसार न्युनतम १० कित्ताका दरले शेयर वितरण हुनेछ । त्यस अनुसार योग्य आवेदक ९ लाख ६० हजार जनाले १० कित्ताका दरले शेयर पाउनेछन् ।

इन्स्योरेन्सले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २५७ रुपैयाँमा शेयर निष्काशन गरेको हो।

इन्स्योरेन्सले आफ्नो जारी पूँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता शेयर निष्काशन गरेको हो। सोमध्ये १० प्रतिशत अर्थात १२ लाख कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि निष्काशन गरि बाँडफाँड गरिसकेको छ।

त्यसैगरी, कुल शेयरको ५ प्रतिशत अर्थात ६ लाख कित्ता शेयर सामूहिक लगानी कोष र ५ प्रतिशत अर्थात ६ लाख कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि ९प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँका दरले० छुट्याइएको छ। सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको ९६ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्ने व्यवस्था थियो ।

वि.सं.२०८० साउन २७ शनिवार १७:५२ मा प्रकाशित

You can share this post!

चिनियाँ कम्पनी सेरेसको एसियाली विस्तार अभियान सुरु, थाई बजारमा सेरेस ३ सार्वजनिक

चिनियाँ कम्पनी सेरेसको एसियाली विस्तार अभियान सुरु, थाई बजारमा सेरेस ३ सार्वजनिक

वि.सं.२०८२ जेठ ८ बिहीवार २१:४२

बैंकक, थाईल्याण्ड : चिनियाँ विद्युतीय सवारी निर्माता सेरेसले आफ्नो नयाँ...

पेस्तोलसहित दुई युवा पक्राउ   

पेस्तोलसहित दुई युवा पक्राउ   

वि.सं.२०८२ जेठ ८ बिहीवार २०:२७

तनहुँ  : पृथ्वीराजमार्ग सडकअन्तर्गत यहाँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट आज पेस्तोलसहित...

बजेट तयारीमा व्यस्त अर्थ मन्त्रालय, मुलुकको आवश्यकता र सुझावलाई प्राथमिकता

बजेट तयारीमा व्यस्त अर्थ मन्त्रालय, मुलुकको आवश्यकता र सुझावलाई प्राथमिकता

वि.सं.२०८२ जेठ ८ बिहीवार १७:२१

काठमाडौँ : सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट...

मंगलबारको क्याबिनेट बैठकका ९ निर्णय, यस्ता छन्

मंगलबारको क्याबिनेट बैठकका ९ निर्णय, यस्ता छन्

वि.सं.२०८२ जेठ ८ बिहीवार १७:०९

काठमाडौं : सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वीसुव्वा गुरुङले मंगलबारको मन्त्रिपरिषद्का...

नीतिगत स्थिरता र लगानी दशकको माग : निजी क्षेत्रको सुझाब—‘साधारण खर्च घटाइ विकास खर्च बढाउनुपर्छ’

नीतिगत स्थिरता र लगानी दशकको माग : निजी क्षेत्रको सुझाब—‘साधारण खर्च घटाइ विकास खर्च बढाउनुपर्छ’

वि.सं.२०८२ जेठ ८ बिहीवार १७:०१

काठमाडौँ : संघीय संसद्को अर्थ समितिमा आज सम्पन्न छलफलमा निजी...

नेप्सेमा एक इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा एक इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८२ जेठ ८ बिहीवार १६:५१

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...