back
Kumari Bank

पहिरोका कारण देशभरका नौ राजमार्ग अवरोध   

Nepal Bank

काठमाडौँ, २९ साउन : अविरल वर्षाका कारण पहिरो जाँदा देशभरका नौ स्थानमा सडक अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार अविरल वर्षाका कारण पहिरो जाँदा दार्चुला, सिन्धुपाल्चोक, मुगु, डडेल्धुरा, पाल्पा, रोल्पा र रूकुम (पूर्व) का विभिन्न नौ ठाउँमा सडक अवरुद्ध बनेका हुन् ।

पहिरोका कारण दार्चुलाको गोकुलेश्वर–दार्चुला राजमार्ग, सिन्धुपाल्चोकको मेलम्ची–हेलम्बु सडकखण्ड र मेलम्ची–भोताङ सडकखण्ड, मुगुको जुम्ला–नाग्म–मुगु सडकखण्ड, डडेल्धुराको डडेल्धुरा–दिपायल सडकखण्ड र भीमदत्त राजमार्ग अवरुद्ध भएको छ ।

यस्तै, पाल्पाको सिद्धार्थ राजमार्ग, रोल्पाको थवाङ जाने सहिदमार्ग सडकखण्ड र रूकुम (पूर्व)को मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको प्रहरी प्रधान कार्यालय केन्द्रीय समाचार कक्षले जनाएको छ । पहिरो गएका स्थानमा नजिकैको प्रहरी कार्यालयबाट तत्काल खटिएको प्रहरीले आवश्यक उद्धारकार्य गर्नुका साथै सम्बन्धित निकायसँग समन्वय गरी अवरोध सडक खुलाउन आवश्यक पहल गरिरहेको बताइएको छ ।

वि.सं.२०८० साउन २९ सोमवार १२:५४ मा प्रकाशित

You can share this post!

दराजद्वारा ७.७, “ह्वाट द फ्ल्याश” सेलको घोषणा, अझै बढी आकर्षक तथा आश्चर्यजनक अफरहरु

दराजद्वारा ७.७, “ह्वाट द फ्ल्याश” सेलको घोषणा, अझै बढी आकर्षक तथा आश्चर्यजनक अफरहरु

वि.सं.२०८२ असार २३ सोमवार १४:१५

काठमाडौं । नेपालकै अग्रणी अनलाइन शपिंग प्लेटफर्म दराज नेपालले आफ्नो...

हिमालयन बैंकलाई ९२ लाख ५० हजार कित्ता एफपीओ निष्काशन गर्न बोर्डको अनुमति

हिमालयन बैंकलाई ९२ लाख ५० हजार कित्ता एफपीओ निष्काशन गर्न बोर्डको अनुमति

वि.सं.२०८२ असार २३ सोमवार ११:१५

काठमाडौं : हिमालयन बैंक लिमिटेडले ९२ लाख ५० हजार ४६९...

प्रधानमन्त्रीले आज प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्नुहुने   

प्रधानमन्त्रीले आज प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्नुहुने   

वि.सं.२०८२ असार २३ सोमवार १०:४३

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभाको बैठकलाई सम्बोधन...

दरमखोला हाइड्रो इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

दरमखोला हाइड्रो इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०८२ असार २३ सोमवार १०:२२

काठमाडौं । दरमखोला हाइड्रो इनर्जी लिमिटेडले असार ९ गतेदेखि निष्काशन...

 कृषि कर्जालाई सरलीकृत गरिदिन मन्त्री अधिकारीको आग्रह   

 कृषि कर्जालाई सरलीकृत गरिदिन मन्त्री अधिकारीको आग्रह   

वि.सं.२०८२ असार २३ सोमवार ०६:४५

काठमाडौँ : कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले कृषि कर्जालाई...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर   

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर   

वि.सं.२०८२ असार २३ सोमवार ०६:४०

काठमाडौँ  : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...