काठमाडौं । हिमालयन बैंक लिमिटेडले शाखा कार्यालय स्थापनाको घर भाडामा खोजेको छ । बैंकले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको विभिन्न स्थानमा घर भाडामा लिने भएको हो ।
बैंकको शाखा कार्यालय संचालनका लागि करीव २ हजार देखि ३ हजार वर्गफिट सम्मको क्षेत्रफलमा फैलिएको हुनुपर्ने बैंकले जनाएको छ ।
घर भाडामा दिन इच्छुक घरधनीले सूचना प्रकाशित मितिले १५ दिनभित्र तोकिएको विवरणहरु स्पष्ट रुपमा खुलाई भाडा रकम समेत उल्लेख गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्न बैंकले आग्रह गरेको छ ।
वि.सं.२०८० साउन २९ सोमवार १२:४८ मा प्रकाशित