काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा गिरावट आएको छ । उक्त दिन बजार ५.०२ अंकले घटेर २०७५ को विन्दुमा कायम हुन पुगेको हो ।
सोमबार सेयर बजारमा २ अर्ब ९ करोड १३ लाख ९० हजार रुपैंया कारोबार भएको छ ।आज नेप्सेमा कारोबार भएको २७९ कम्पनीको ५४ लाख १७ हजार ९२८ कित्ता सेयर किनबेच भएको छ । आज नेप्सेमा रहेको पाँच वटा उपसूचकमा मात्र हरियाली भएको छ ।
सेयर बजारमा गिरावट आउँदा सिद्धार्थ प्रिमियर इनस्योरेन्सले सर्वाधिक गुमाएको छ । कम्पनीको सेयर मूल्य ६.४६ प्रतिशतले घटेको हो । त्यसैगरी, बुद्धभुमी नेपाल हाइड्रोपावरको ४.८० प्रतिशत, हिमालयन उर्जा विकास कम्पनीको ४.२९ प्रतिशत, शुभम् पावर लिमिटेडको ३.७२ प्रतिशतले सेयर मूल्य घटेको छ ।
वि.सं.२०८० साउन २९ सोमवार १५:१९ मा प्रकाशित