काठमाडौ । लक्ष्मी उन्नती कोषको मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेन्जले कम्पनीको ९.५ प्रतिशत नगद लाभांश पछि ८ रुपैयाँ ३० पैसामा मूल्य समायोजन गरेको हो ।
नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य ९ रुपैंया २५ पैसाका आधारमा मूल्य समायोजन गरेको छ । सोही मूल्यको आधारमा नै भोली बिहीबार सेयरबजारमा कारोबार खुल्नेछ ।
वि.सं.२०८० साउन ३१ बुधवार १५:५१ मा प्रकाशित