काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बिहीबार सामुदायिक लघुवित्त र प्रभु लाइफ इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको छ ।
नेप्सेमा सामुदायिक लघुवित्तको १० प्रतिशत बोनस बापतको १ लाख ३२ हजार कित्ता बोनस सेयर आज सूचीकृत भएको हो । त्यसैगरी, प्रभु लाइफ इन्स्योरेन्सको ९.८ प्रतिशत बोनस बापतको १९ लाख ६० हजार कित्ता बोनस सेयर सूचिकृत भएको हो ।
सूचीकृतपश्चात् यी दुवै कम्पनीको शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न पाउनेछ ।
वि.सं.२०८० साउन ३२ बिहीवार १७:२२ मा प्रकाशित