काठमाडौं । त्रिशूली नदीमा बस खस्दा ८ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन्।
धादिङको गजुरी २, चालीसे झरना नजिकै त्रिशूलीमा बस खस्दा सवारमध्ये ८ वटा शव भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख गौतम मिश्रले बताए ।
काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस पृथ्वी राजमार्गको गजुरीनजिकै त्रिशूली नदीमा खसेको हो ।
उद्धार अहिले पनि जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ । गम्भीर घाइतेलाई उपचारका लागि काठमाडौं पठाइएको प्रहरीको भनाई छ । बसमा कति यात्रु थिए र दुर्घटना कसरी भयो भन्नेबारे यकिन भइनसकेको प्रहरीले जनाएको छ।
वि.सं.२०८० भदौ ६ बुधवार १३:०९ मा प्रकाशित