काठमाडौं । तस्करीको सुन प्रकरणमा शंकास्पद भूमिका देखिएको भन्दै अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीलाई गृह मन्त्रालय तानिएको छ।
गत साउन २ गते अध्यागमन विभागबाट उम्किएको ६० किलो सुन राजश्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेट नजिकैबाट बरामद गरेको थियो। उक्त प्रकरणमा अधिकारीको संलग्नताका विषयमा प्रश्न उठ्न थालेपछि थप सत्यतथ्य बुझ्न गृह मन्त्रालय तानिएको स्रोत बताउँछ।
सुन तस्करीमा जोडिएका दावासँगको सम्बन्धको विषय बाहिर आएपछि दावासँगको सम्बन्ध र सुन तस्करीमा उनको संलग्नताबारे अब उनीमाथि जगेडामा राखेर छानबिन हुने बताइएको छ ।
वि.सं.२०८० भदौ ७ बिहीवार १५:५५ मा प्रकाशित