back
NMB ad

देशको हितमा आउने बैदेशिक सहायता स्विकार गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना

Kumari bank ad

काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले देशको हितमा हुने बैदेशिक लगानी लिनका राज्यले कन्जुस्याँइ गर्न नहुने धारणा राख्नुभएको छ ।

राष्ट्रियसभा अन्र्तगतको दिगो विकास तथा सुशासन समितिको आयोजनामा मंगलबार भएको दिगो विकाससम्बन्धी राष्ट्रसंघीय आगामी शिखर सम्मेलनमा प्रस्तुत गर्ने कार्यसूची तथा भावी रणनीतिसम्बन्धी मंगलबार काठमाडौँमा आयोजित परामर्श गोष्ठीमा उहाँले देशको हितमा आउने बैदेशिक सहायता स्विकार गर्नुपर्ने बताउनुभएको हो ।

‘प्रत्यक्ष वैदेशिक लगानी देशको हितमा छ भने स्वीकार गर्नुपर्छ ।’ उहाँले भन्नुभयो ‘दातृ राष्ट्रले बिना कुनै सर्तबन्दी गरेको सहयोगलाई पनि लिन नसकेका उदाहरण छन, राष्ट्रहितका लागि कुनै सम्झौता नगरिकन आउने लगानी स्विकार गर्न र सहजीकरण गर्न कमजोरी भएका छन।’ नेपालमा लगानी गर्छौं भन्दा पनि सरकारका अधिकारीहरूले त्यसलाई स्विकार गर्न आलटाल गर्नुपर्ने कारण के हो भनेर प्रश्न गर्दै अध्यक्ष तिमिल्सिनाले अरबौका सहयोगका परियोजना पनि अघि बढाउन आलटाल भएको प्रति असन्तुष्टि जनाउनुभयो ।

‘देश हितको लागि सबै लिने आँट गरौं । आएका फाइल जति मन्त्रालयबाट अगाडि बढाऔँ ।उहाँले भन्नुभयो ‘अर्बौंका फाइल पनि अगाडि नबढाउने, निधार खुम्च्याउने, कहीँकेही लाखका फाइल अगाडि बढाउने प्रवृत्ति आज छ, त्यो अन्त्य गरौँ । तब मात्र हामीले बाहिरबाट सहयोग र एफडीआई लिनसक्छौँ ।’

मुलुकको अहित हुने र सैन्य गठबन्धनमा सहभागी हुने खालका वैदेशिक लगानी भने लिन नहुने धारणा उहाँको छ । अध्यक्ष तिमिल्सिनाले तोकिएको दिगो विकास लक्ष्य हासिल गर्न नीति निर्माणदेखि कार्यान्वयन गर्ने संयन्त्रबीच समन्वय र सहकार्य आवश्यक रहेको पनि बताउनुभयो । समयावधिभित्र दिगो विकास लक्ष्य प्राप्त गर्न अहिले योजना कार्यान्वयनको गतिमा सुधार र सक्रियताको खाँचो औल्याउनुभयो । ‘बजेट र योजनाबीच तालमेल छैन, बजेट विनियोजनमा इमान्दार प्रयत्न हुनुपर्छ, अबण्डमा बजेट राखेर कसरी दिगो विकास लक्ष्य प्राप्त हुन्छ ।’ उहाँले भन्नुभयो ‘कृषियोग्य समथर जमिनमा बस्ती बसाल्ने भिरपाखामा खेती गर्ने कार्यले खाद्य सुरक्षा हुनसक्दैन ।’

राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले दिगो विकास लक्ष्य प्राप्त गर्न वडादेखि पालिका, प्रदेश हुँदै केन्द्रसम्म गहन छलफलक साथ कार्यक्रम कार्यान्वयनमा जोड दिनुपर्ने आवश्यकता औल्याउनुभयो ।

दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थले सुशासन र दिगो विकास मुलुकको प्राथमिकताको विषय भएकाले संघीय संसद् मातहतका सबै समिति यस मुद्दालाई छलफल गराउने बताउनुभयो ।

संसद् सचिवालयका सचिव डा.रोजनाथ पाण्डेले सबै प्रकारका गरिबी सबै ठाउँबाट अन्त्य गर्ने लक्ष्य बोकेको दिगो विकास लक्ष्य प्राप्ति गर्ने सन्दर्भमा देशको विकास रणनीति र प्राथमिकताभन्दा बाहिर नगएको धारणा प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा विषय विज्ञका रुपमा जलवायु परिवर्तनसम्बन्धी विषयमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेल, गुणस्तरीय शिक्षाको विषयमा राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा. उषा झा, विकास वित्तका विषयमा डा. पारस खरेल, खाद्य सुरक्षा विषयमा पूर्वसचिव डा.गणेशराज जोशीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

वि.सं.२०८० भदौ १२ मंगलवार २०:१९ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:५६

काठमाडौँ, ३ जेठ: हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव...

नेपाल लाइफ क्यापिटलको सिईओमा मनिष घिमिरे नियुक्त

नेपाल लाइफ क्यापिटलको सिईओमा मनिष घिमिरे नियुक्त

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:३३

काठमाडौं । नेपाल लाइफ क्यापिटल लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा मनिष...

आज ४ जेठ २०८१ शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज ४ जेठ २०८१ शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:१७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह   

आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह   

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:१२

काठमाडौँ :  विगत केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा...

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३६

काठमाडौँ, ३ जेठः बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ रु दुई...