काठमाडौं । माछापुच्छ्रे बैंकले लाभांश घोषणा गरेको छ । बैंकको भदौ १३ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट लाभांश घोषणा गरेको हो ।
बैंकले हाल कायम चुक्ता पुँजी १३.३० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद गरि कुल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।
वि.सं.२०८० भदौ १३ बुधवार १०:३६ मा प्रकाशित