back
NMB ad

आज १८ भाद्र २०८० सोमवार, यस्तो छ आजको राशिफल

Kumari bank ad

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु हुन सक्छन् ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन । मित्रताको बन्धन कसिनुका साथै सुखमा रमाउने समय छ । नोकरी गर्नेले मानसम्मान पाउनेछन् ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । आफ्नो हातबाट शुभ कार्य गर्न पनि पाइनेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज रमणीय र सुखद् यात्राको योग छ । धर्म र आस्था बढ्नेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । स्वास्थ्य पनि सबल नै रहनेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सामाजिक कार्यक्षेत्रमा तपाईंको आलोचना गर्नेहरू सक्रिय हुनेछन् । समस्या समाधानका लागि चालिएका कदमहरू निरर्थक हुनेछन् ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज चिताएको कामले तीव्रता लिनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्न सक्छ । परिश्रम अनुसार उपलब्धि पनि राम्रै पाइनेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) समय व्यवस्थापन गर्न गारो होला र कार्य सम्पादनमा समस्या आउला । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ, तर शुभकार्यको चर्चा चल्नेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । आर्थिक र व्यवसायिक समस्या समाधान हुनेछन् । शत्रु पनि क्षय होलान् ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । विचार पुर्याएर निर्णय लिनु राम्रो होला, तर मेहनेत अनुसार आर्थिक लाभ भने मिल्नेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । भाग्यले विभिन्न अवसर जुराउनेछ । जग्गा जमिनको कारोबारबाट राम्रो फाइदा हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । ज्यो.प. नारायणप्रसाद दुलाल

वि.सं.२०८० भदौ १८ सोमवार ०६:२४ मा प्रकाशित

You can share this post!

ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट

ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट

वि.सं.२०८१ जेठ १३ आइतवार १७:१५

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना कार्ड बाहक ग्राहकहरुलाई...

जलवायुको उच्च जोखिम भएका मुलुकमध्ये नेपाल १०औंँ स्थानमा   

जलवायुको उच्च जोखिम भएका मुलुकमध्ये नेपाल १०औंँ स्थानमा   

वि.सं.२०८१ जेठ १३ आइतवार १७:०४

काठमाडौँ, १३ जेठ : नेपाल भू–बनोट र भौगर्भिक विशिष्टताका कारण...

सार्वजनिक संस्थानको अवस्था : २६ नाफामा, १५ घाटामा, तीनवटाको कारोबार शून्य   

सार्वजनिक संस्थानको अवस्था : २६ नाफामा, १५ घाटामा, तीनवटाको कारोबार शून्य   

वि.सं.२०८१ जेठ १३ आइतवार १६:३०

काठमाडौँ, १३ जेठ : हाल सञ्चालनमा रहेका ४४ वटा सार्वजनिक...

तराईमा केहीदिन अत्यधिक गर्मीको सम्भावना   

तराईमा केहीदिन अत्यधिक गर्मीको सम्भावना   

वि.सं.२०८१ जेठ १३ आइतवार १६:२३

काठमाडौँ, १३ जेठ : मौसम पूर्वानुमान महाशाखाले आगामी केहीदिनसम्म तराईका...

प्रस्तुत नीति तथा कार्यक्रमले सुशासन, सामाजिक न्यायसहितको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने लक्ष्य लिएको छः प्रधानमन्त्री   

प्रस्तुत नीति तथा कार्यक्रमले सुशासन, सामाजिक न्यायसहितको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने लक्ष्य लिएको छः प्रधानमन्त्री   

वि.सं.२०८१ जेठ १३ आइतवार १६:१८

काठमाडौँ, १३ जेठ : प्रधानमन्त्री पुष्मकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले...

नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ जेठ १३ आइतवार १६:१२

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आइतबार एक कम्पनीको मूल्य...