काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामान्य अंकले बढोत्तरी आएको छ । उक्त दिन बजार ७.०४ अंकले बढेर १९६७ को विन्दुमा कायम हुन पुगेको हो ।
आज सेयर बजारमा सुधार आउँदा सबैभन्दा बढी आइएमई लाइफ इन्स्योरेन्सको कारोबार भएको छ । आज कम्पनीको ५ करोड २८ लाख ८४ हजार रुपैया बराबरको कारोबार भएको छ ।
कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको शिभम् सिमेन्ट्सको ४ करोड १९ लाख ५९ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै उक्त दिन नबील बैंकको ३ करोड ८५ लाख रुपैयाँ, सोल्टी होटलको ३ करोड ३८ लाख ७६ हजार रुपैयाँ र एनआइसी एशिया बैंकको २ करोड ६४ लाख ८० हजार रुपैयाँको कारोबार भएको हो ।
वि.सं.२०८० भदौ १८ सोमवार १५:११ मा प्रकाशित