back
NMB ad

जापान-नेपाल विकास मञ्चको स्थापना   

Kumari bank ad

काठमाडौँ, १९ भदौ : नेपाली राजदूतावास र जापानको पहल तथा जापानका उद्यमी, व्यवसायी, लगानीकर्ताको प्रयासमा जापानको राजधानी टोकियोमा जापान–नेपाल विकास मञ्चको स्थापना भएको छ ।

जापान सरकारका विपद् व्यवस्थापन र सामुद्रिक नीति राज्यमन्त्री कोइची तानी र जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले मञ्चको शनिबार संयुक्त रुपमा उद्घाटन गर्नुभएको जापानस्थित नेपाली दुताबासले जनाएको छ ।

उक्त मञ्चको अध्यक्षमा जापान सरकारका पूर्वअर्थसहायक मन्त्री मोतोयुकी ओदाची र उपाध्यक्षहरूमा सर्वश्री योशिहारु कोमियामा हिरोयुकी फुकुयामा, डा तोरु उत्सुमी, ताकातोशी नाकामुरा, तोमोहिको कावामोतो र योसुके किकुमा रहनुभएको छ । जापान–नेपाल संसदीय मैत्री समूहका अध्यक्ष एवं जापानका लागि नेपाली राजदूत उक्त मञ्चका पदेन संरक्षक रहनुभएको छ ।

नेपालको सामाजिक, आर्थिक र प्राविधिक विकासमा जापान सरकारको सहायतासँगै जापानको निजी क्षेत्रबाट नेपालमा पर्यटन, ऊर्जा, कृषि, शिक्षा, स्वास्थ्य, वातावरण र रोजगार लगायतका क्षेत्रहरूमा लगानी तथा औद्योगीकरण प्रबद्र्धनमा सार्थक योगदान पुर्याउने उद्देश्यले मञ्चको स्थापना भएको हो ।

मञ्चको समुद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै राज्यमन्त्री कोइची तानीले नेपाल र जापानबीचको मैत्रीपूर्ण सम्बन्ध सरकारीस्तरमा मात्र सीमित नरही जनस्तरसम्म पनि फैलिएको बताउनुभएको थियो । जापान र नेपालबीच गहिरो धार्मिक, सांस्कृतिक र सामाजिक सम्बन्ध रहेको बताउँदै उहाँले यस ऐतिहासिक मैत्रीपूर्ण सम्बन्धलाई अब आर्थिक सम्बन्धको सुदृढीकरणसहित विस्तारित गर्न आवश्यक रहेको र यस दिशामा मञ्च एक कोशेढुङ्गा सावित हुने बताउनुभएको थियो ।

समारोहमा राजदूत डा सुवेदीले जापान नेपालको विकासको एक प्रमुख साझेदार राष्ट्र रहेको र नेपालको कृषि, शिक्षा, ऊर्जा, यातायात र सञ्चारलगायतका आर्थिक र सामाजिक विकासको आधारशिला निर्माणमा जापान सरकारको महत्वपूर्ण योगदान रहेको बताउनुभएको थियो । नेपाल सरकारले मुलुकको आर्थिक विकासलाई प्राथमिकतामा राखेको उल्लेख गर्नुहुँदै उहाँले राजनैतिक स्थायित्व र सामाजिक रुपान्तरणका लागि नेपाल सरकार दिगो आर्थिक विकासका लागि प्रतिवद्ध रहेको उल्लेख गर्नुभएको थियो ।

नेपाललाई वैदेशिक लगानीको एक उच्चतम् र आकर्षक गन्तव्यका रुपमा विकास गर्न नेपाल सरकार प्रतिवद्ध रहेको र सोका लागि उदार आर्थिक नीतिका साथ लगानीमैत्री वातावरण निर्माण गर्न प्रयत्नशील रहेको राजदूत डा सुवेदीको भनाई थियो ।

समारोहमा मञ्चका नवनियुक्त अध्यक्ष तथा पूर्वअर्थसहायक मन्त्री मोतोयुकी ओदाचीले जापान र नेपालको सुमधुर द्विपक्षीय सम्बन्धलाई अब व्यापार, लगानी र रोजगारी प्रवद्र्धनका माध्यमबाट निजी क्षेत्रले पनि सहभागिता जनाउन अपरिहार्य रहेको बताउनुभएको थियो ।

जापान सरकारको परराष्ट्र मन्त्रालय, जापान अन्तर्राष्ट्रिय सहयोग निकाय (जाईका) र जापान व्यापार संगठन (जेट्रो)का उच्च पदाधिकारीहरू उपस्थित उक्त समारोहमा नेपालमा लगानी तथा व्यापार र व्यवसायमा सम्लग्न जापानका उद्योगी, व्यवसायी र कम्पनीका प्रमुख तथा प्रतिनिधिको उपस्थिति थियो ।

वि.सं.२०८० भदौ १९ मंगलवार ११:२६ मा प्रकाशित

You can share this post!

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:५३

काठमाडौँ, ४ जेठ : चिलिमे–त्रिशूली दुई सय २० केभी प्रसारण...

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:४३

पटना (भारत), ४ जेठ : बिहारको राजधानी पटनास्थित एक विद्यालय...

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:३७

काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल)...

गर्मी बढेकोबढ्यै अधिकतम तापक्रम ४० डिग्रीमाथि   

गर्मी बढेकोबढ्यै अधिकतम तापक्रम ४० डिग्रीमाथि   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:३०

काठमाडौँ, ४ जेठ : नेपालमा मनसुन गतिविधि सक्रिय हुनुपूर्व निरन्तर...

मेरोमाइक्रोफाइनान्स लघुवित्तको सेयर संरचना परिवर्तन

मेरोमाइक्रोफाइनान्स लघुवित्तको सेयर संरचना परिवर्तन

वि.सं.२०८१ जेठ ४ शुक्रवार १४:३३

काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर संरचना परिवर्तन...

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन   

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १४:२३

काठमाडौँ, ४ जेठः राष्ट्रियसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली...