back
NMB ad

सामाजिक सुरक्षा कोषद्वारा पाँच अर्ब ६७ करोड दाबी भुक्तानी   

Kumari bank ad

काठमाडौं  २० भदौ : सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई विभिन्न सुविधाबापत रु पाँच अर्ब ६७ करोड दाबी भुक्तानी गरेको छ । कोषले विभिन्न योजना सञ्चालन गरेबापत ९८ हजार पाँच सय ७३ योगदानकर्तालाई उक्त रकम भुक्तानी गरेको हो ।

योगदानकर्ताको जीवनमा आइपर्ने स्वास्थ्य जोखिम कम गर्न तथा आयको निरन्तरताका लागि चार प्रकारका योजना सञ्चालनमा ल्याएको कोषले औषधोपचार, स्वास्थ्य तथा मातृत्व योजनाअन्तर्गत ४० हजार तीन सय ८७ योगदानकर्तालाई रु ६५ करोड ८२ लाख ५० हजार र दुर्घटना तथा अशक्तता सुरक्षा योजनाबापत दुई हजार ३१ श्रमिकलाई रु सात करोड ८० लाख ८७ हजार भुक्तानी गरेको छ ।
यसैगरी आश्रित परिवार सुरक्षा योजनाबापत तीन सय ९३ योगदानकर्ताले रु नौ करोड २० लाख र वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत रु चार अर्ब ८४ करोड ३२ लाख १७ हजार भुक्तानी लिएका छन् । हालसम्म रु ४१ अर्ब एक करोड योगदान सङ्कलन भएको कोषका प्रवक्ता विवेक पन्थीले जानकारी दिनुभयो ।

कोषमा सात लाख ५७ हजार योगदानकर्ता सूचीकृत भएका छन् । औपचारिक क्षेत्रका चार लाख ४१ हजार पाँच सय ७६, वैदेशिक क्षेत्रका तीन लाख एक सय ५४ हजार चार सय ७७, अनौपचारिक क्षेत्रका एक र स्वरोजगार क्षेत्रका १९ जना श्रमिक तथा १८ हजार दुई सय ५२ रोजगारदाता आबद्ध भएका छन् ।

वि.सं.२०८० भदौ २० बुधवार १३:३३ मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १८:२०

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र वन्डर्स नेपाल प्रा....

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १८:०२

काठमाडौँ, १ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक...

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १७:५८

काठमाडौँ, १ जेठ : नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. घनश्याम...

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

वि.सं.२०८१ जेठ १ मंगलवार १७:४६

काठमाडौँ, १ जेठ : आगामी आर्थिक वर्ष २०८१ / ८२...

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२६

काठमाडौं । प्रदशनिमार्ग स्थित काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंक...

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२२

काठमाडौँ, १ जेठ : सरकारले विभिन्न विषय क्षेत्रका एक हजार...