back
NMB ad

तिप्ल्याङ–कालीगण्डकीको पिपिए, कालीगण्डकीमा चार सय मेगावाटका पाँच आयोजना   

Kumari bank ad

म्याग्दी, २० भदौ : आइएमई समूहले म्याग्दीमा निर्माण गर्न लागेको तिप्ल्याङ कालीगण्डकी जलविद्युत् आयोजनाको विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) भएको छ । अन्नपूर्ण र रघुगङ्गा गाउँपालिकामा निर्माण हुने ५८ मेगावाट क्षमताको उक्त आयोजनाको प्रवद्र्धक कम्पनी तिप्ल्याङ–कालीगण्डकी हाइड्रोपावर र नेपाल विद्युत् प्राधिकरणबीच सो सम्झौता भएको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र हाइड्रोपावरका अध्यक्ष चन्द्रप्रसाद ढकालले मङ्गलबार काठमाडौँमा सो सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो । आयोजनाबाट उत्पादन भएको विद्युत् सुख्खायाममा प्रतियुनिट रु आठ दशमलव ४० र बर्खा याममा प्रतियुनिट रु चार दशमलव८० का दरले खरिद गर्ने सम्झौता भएको छ । व्यापारिक उत्पादन सुरु भएको मितिदेखि वार्षिक तीन प्रतिशतका दरले आठ पटकसम्म मूल्य वृद्धि गरी खरिद गर्ने सम्झौतामा उल्लेख छ ।

कालीगण्डकी र मिस्त्रीखोला–२ जलविद्युत् आयोजनाको क्यासकेडको रूपमा यो आयोजना बनाउन लागिएको हो । अण्ठाउन्न मेगावाट क्षमताको विद्युत् खरिदबिक्री सम्झौता भए पनि आयोजनाको क्षमता वृद्धि गरी ८६ मेगावाट कायम गर्न विद्युत् विकास विभागले सैद्धान्तिक सहमति प्रदान गरिसकेको छ । आइएमई समूहले प्रबद्र्धन गरेको हाइड्रो सपोर्ट प्रालिको ६६दशमलव तीन मेगावाट क्षमताको माथिल्लो कालीगण्डकी जलविद्युत् आयोजनाको यसअघिनै पिपिए भइसकेको छ ।

अन्नपूर्ण गाउँपालिका–३ को सुकेबगरमा बाँध र वडा नम्बर–२ को ठूलो बगर क्षेत्रमा विद्युत्गृह बनाउने प्रस्ताव भएको छ । माथिल्लो कालीगण्डकीको र मिस्त्री–२ को विद्युत् गृहबाट निस्कने पानीलाई तिप्ल्याङ कालीगण्डकीको बाँधमा मिसाउने योजना रहेको छ । यी दुई वटा आयोजनाबाट सुख्खा याममा २९५दशमलव४६८ र वर्षायाममा ६३०दशमलव ८९५ गरी कूल वार्षिक ९२६दशमलव३६५ गिगावाट आवर ऊर्जा उत्पादन हुने जनाइएको छ । विसं २०८६ असार महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाको कूल लागत रु ३३ अर्ब १४ करोड रहेको कम्पनीले जनाएको छ ।

नविल बैंकको अगुवाइमा वित्तीय व्यवस्थापन गरिसकेको आयोजनाले पूर्वाधार निर्माणको तयारी गरेको हाइड्रोपावरका अध्यक्ष ढकालले बताउनुभयो । दुईवटै आयोजना निर्माणस्थल बेनी–जोमसोम–कोरला सडक नजिकै छ । अन्नपूर्ण गाउँपालिका–३स्थित दानामा रहेको प्राधिकरणको २२० केभी क्षमताको सव स्टेशनमार्फत केन्द्रीय प्रणालीमा विद्युत् आवद्ध गराइने भएको छ ।

मुस्ताङदेखि पर्वतको सिमानासम्मको म्याग्दी खण्डमा कालीगण्डकी नदीमा करिब चार सय मेगावाट क्षमताका पाँच वटा जलविद्युत् आयोजना निर्माणको तयारी भएको छ । चिनियाँ लगानीमा निर्माण हुन लागेको एक सय ६४ मेगावाट क्षमताको नेपाल कालीगण्डकी गर्ज जलविद्युत् आयोजना जिल्लामा अहिलेसम्मकै सबैभन्दा ठूलो आयोजना हो ।

कालीगण्डकी गर्जको विद्युत् गृहबाट निस्किएको पानी करिब पाँच सय मिटर तल हाइड्रो सपोर्ट प्रालिले निर्माण गर्न लागेको ५३ मेगावाट क्षमताको मध्यकालीगण्डकी जलविद्युत् आयोजनाको बाँधबाट सुरुङमा छिराइने छ । अन्नपूर्ण गाउँपालिका–२ को ठूलोबगर र ६को पोखरे बगरको सिमानामा बाँध र सात हिस्तानको तिप्ल्याङमा विद्युत् गृह रहने गरी सो आयोजना निर्माण गर्न लागेको हो ।

ट्रेडलिङ्क ग्लोबल प्रालिले रघुगङ्गा गाउँपालिका १ र अन्नपूर्ण गाउँपालिका– ७ को सिमाना बेगखोलामा बाँध र रघुगङ्गा गाउँपालिका–३ स्थित घुमाउने तालमा विद्युत् गृह रहने ६५ मेगावाट क्षमताको अपर कालीगण्डकी जलविद्युत् आयोजना निर्माणको प्रक्रिया अघि बढाएको छ । यो आयोजना चिनियाँ कम्पनी सिने हाइड्रोले निर्माण गर्न लागेको हो ।

रु बाइस अर्ब लगानी हुने अनुमान गरिएको ‘रन अफ दि रिभर’ प्रकृतिको यो आयोजनामा छ किलोमिटर सुरुङ रहने प्रवद्र्धक कम्पनीले जनाएको छ । घुमाउने तालभन्दा केही तल रघुगङ्गा नदी कालीगण्डकीमा मिसिने दोभानभन्दा केही तल बाँध र जलजला गाउँपालिका–४ मिलनचोकमा विद्युत्गृह रहने गरी ५० मेगावाटभन्दा बढी क्षमताको अर्को आयोजनाको सर्वेक्षण भइरहेको छ ।

कालीगण्डकी नदीको सहायक खोलामा पाँच मेगावाट क्षमताको घलेम्दी खोला, ४२ मेगावाटको मिस्त्री खोला र १४ मेगावाटको घारखोला जलविद्युत् आयोजना निर्माण भइसकेको छ । अन्नपूर्ण गाउँपालिका–४ पर्ने नारच्याङमा ४२ मेगावाटको नीलगिरि र ६२ मेगावाटको नीलगिरि क्यासकेट जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेको गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो ।

वि.सं.२०८० भदौ २० बुधवार १४:२४ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...